Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं– पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लाका २८३ स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । केही ठाउँको अन्तिम परिणाम पनि आएइसकेको छ ।

स्थानीय तह चुनावमा अहिलेसम्म प्राप्त नतिजाअनुसार नेकपा एमाले अगाडि देखिएको छ । प्रमुख पदमा एमालेले ७, माओवादी केन्द्रले ७ र कांग्रेसले ८ तथा स्वतन्त्र एक जनाले जितेका छन् ।

नेपाली कांग्रेस प्रमुख जितेका ठाउँ

  1. नवलपरासीको बुङ्दीकाली गाउँपालिका –दुर्गाबहादुर राना
  2. मुस्ताङको थसाङ गाउँपालिका –बुद्धिप्रसाद शेरचन,
  3. मुस्ताङको बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका – फेन्चोकछेप्तेन गुरुङ
  4. जाजरकोटको कुसे गाउँपालिका – हरिचन्द्र बस्नेत
  5. मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध)
  6. मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट
  7. बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा
  8. मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले

नेकपा एमाले प्रमुख जितेका ठाउँ

  1. डोल्पाको  ठूलोभेरी नगरपालिका – गणेशबहादुर शाही
  2. डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध)
  3. डोल्पाको काइके गाउँपालिका – अंगद राना
  4. मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले
  5. मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले
  6. मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा
  7. स्याङ्जाको फेदीखोला गाउँपालिका – घनश्याम सुवेदी

माओवादी केन्द्रले प्रमुख जितेका ठाउँ

  1. जाजरकोटको शिवालग गाउँपालिका – लालबहादु थापा
  2. जुम्लाको हिमा गाउँपालिका – रजबहादुर शाही
  3. जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी
  4. डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया
  5. हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल
  6. डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही
  7. कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही

एक स्वतन्त्र

मुस्ताङको दालोमे गाउँपालिकाको प्रमखुमा स्वतन्त्रका उम्मेद्वार राजु बिष्ट बिजयी हुनुभएको छ ।  बिष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढि मत ल्याएर विजयी हुनुभएको हो । उहाँ कांग्रेसबाट टिकट नपाएपछि बागीबाट उठ्नुभएको थियो ।

तपाईको प्रतिक्रिया