मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – एसिया कप छनौटको आफ्नो पहिलो खेल खेल्न भोली फिलिपिन्स जाने राष्ट्रिय फुटबल टोलीको विदाई गरिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको कार्यक्रममा खेलाडीलाई शुभकामना

दिँदै युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले नेपाली टोली नेपाल र नेपालीलाइ फेरी पनि जितको खुशी दिनेमा आफू ढुक्क रहेको बताउनुभयो ।

फुटबलका संरचना विकासको लागि आगामी बजेटमा ठूलो रकम खर्च तयारी भइरहेको पनि उहाँले बताउनुभयो । आउँदो मंगलबार फिलिपिन्सँग हुने खेलको लागि चैत २ गते २० सदस्यीय नेपाली घोषणा भएको थियो । नेपाली टोलीमा अनिल गुरुङ्ग परेका छैनन् भने चोटका कारण टिममा युवा स्ट्राइकर नवयुग श्रेष्ठ पनि टिम बाहिर छन् ।

नेपाल रहेको समूह ‘एफ’ मा ताजकिस्तान, यमन र फिलिपिन्स रहेका छन् । नेपालले होम एण्ड अवे पद्धति अनुसार यी ३ देशसँग ६ खेल खेल्ने छ । समूहको विजेता वा उपविजेता बनेमा नेपालले सन् २०१९ मा युएईमा हुने एसिया कप खेल्न पाउने छ ।

तपाईको प्रतिक्रिया