आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

न्युयोर्क – अमेरिकाको न्युयोर्कमा आइतबार बिस्फोट भएको बम प्रेसुर कुकर बम रहेको सरकारी अधिकारीले बताएका छन् । न्युयोर्कको म्यानहटनमा आइतबार बिहान बम बिस्फोट भएको थियो ।

kukur

यस्तै नजिकै फेला परेको बम पनि प्रेसर कुकर बम नै रहेको घटनाको अनुसन्धानमा संलग्न अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । बिस्फोटमा परि २९ जना घाइते भएका थिए । अहिलेसम्म २६ जना उपचारपछि घर फर्किएका छन् ।

प्रहरीले बिस्फोट कसले गराएको हो भन्ने विषयमा छानबिन गरिरहेको छ । बिस्फोटको उद्देश्य अहिलेसम्म पनि पत्तालागेको छैन । अधिकारीले आक्रमण आतंककारी हुन सक्ने भन्दै छानबिन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया