आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

भारत – भारत प्रशासित काश्मिरको उरी क्षेत्रमा आइतबार बिहान बिद्रोहीले गरेको आक्रमणमा १७ जना सैनिकको ज्यान गएको छ । सैन्य क्षेत्रमा बिद्रोहीले आक्रमण गरेकाले धेरै सैनिकको ज्यान गएको समाचार संस्था पिटिआईले जनाएको छ ।

kasmir

झडपको क्रममा चार जना बिद्रोहीको पनि ज्यान गएको छ । बारामुलाको उरी क्षेत्रको सैन्य इलाकामा बिहान साढे पाँच आत्मघाती आक्रमण भएको स्थानीय प्रहरीले जनाएको छ । आक्रमणमा केही सैनिक घाइते भएका छन् ।

उनीहरुलाई हेलिकप्टर मार्फत उपचारका लागि अस्पताल लगिएको छ । भारतका गृहमन्त्री राजनाथ सिंहले काश्मिरको अवस्था र पछिल्लो आक्रमणलाई मध्यनजर गरेर रुस तथा अमेरिका भ्रमण स्थगित गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया