Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

पर्वत – निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण पर्वतका करिब ९९ घरपरिवार विस्थापित हुने खतरामा परेका छन् ।
असार पहिलो सातादेखि सुरु भएको मनसुन सक्रिय बनेसँगै जिल्लाको जनजीवन प्रभावित बनेको हो । हालसम्म वर्षासँगैको बाढीका कारण करिब एक दर्जन घरपरिवार विस्थापित बनिसकेका छन् भने करिब ९९ घरपरिवार विस्थापनको खतरामा परेका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वर्षासँगै बस्ती माथिबाट आएको पहिरोका कारण उत्तरी पर्वतको माझफाँट–९ का ६ घर पूर्णरुपमा विस्थापित बनिसकेका छन् । बाढीका कारण भूकम्पले हल्लिएको र चिरिएका ठाउँ कमजोर बनेका हुन् । जिल्लाको भँगरा–२ गैरीस्वाँराका २१ घरधुरी, देउराली–६ को जहेलेका २२ घर, कुश्मा नगरपालिका–१, मालढुङ्गाका नदी किनारमा बसेका झन्डै २५ घरपरिवार विस्थापनको खतरामा परेका छन् । त्यसैगरी, बाँसखर्क–९ का ७ घरपरिवार र माझफाँट–९ का २४ घरपरिवार पहिरोको उच्च जोखिममा रहेको भनी विभिन्न प्राविधिक टोलीबाट समेत प्रतिवेदन प्राप्त भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।
जोखिममा देखिएका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउने भन्ने निर्णय भएको समेत सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले जानकारी दिनुभयो । बस्ती स्थानान्तरण गर्नुपर्ने ठाउँलाई सुरक्षित स्थानमा सार्नका लागि गृहकार्य भइरहेको ढकालले जानकारी दिनुभयो । कुश्मा नगरपालिका तथा सम्बन्धित गाविसले जोखिममा रहेका बस्तीका समुदाय एवम् स्थानीय राजनीतिक पार्टीका प्रतिनिधिसँग समन्वय एवम् छलफल गरी नजिकैको सुरक्षित स्थानको पहिचान गरी बस्ती स्थानान्तरण गर्ने तयारी गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया