Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

लहान – इनारभित्र झरेको बाल्टिन निकाल्ने क्रममा निस्सासिएर सिरहाको धनगढीमाई नगरपालिका–१२ मा आज काकाभतिजोको मृत्यु भएको छ ।
आफ्नै खेतमा रहेको इनारबाट पानी झिक्ने क्रममा इनारभित्र झरेको बाल्टिन निकाल्न इनार गएका स्थानीय जागेश्वर मण्डल र उहाँका काका रामविलास मण्डलको निसासिएर मृत्यु भएको हो । इनार तल गएका जागेश्वर बाहिर नआएपछि उहाँलाई हेर्न भनि गएका काका रामविलाशको समेत निस्सासिएर इनारभित्रै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया