Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

नेपालगन्ज – प्रहरी आचरण अनुकूल काम नगर्ने बाँके जिल्लाका ४० प्रहरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले विभागीय कारबाही गरेको छ ।
सो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार गत एक वर्षको अवधिमा प्रहरी सङ्गठनलाई बदनाम गर्ने गरी काम गर्ने प्रहरी निरीक्षकदेखि जवानसम्म ४० जनालाई कारबाही गरिएको हो । आचरणअनुसार काम नगर्ने एक प्रहरी निरीक्षकको बढुवा रोक्का गरिएको छ भने अर्काले नसिहत पाएका छन् । २२ प्रहरी जवान, छ हवल्दार, दुई प्रहरी सहायक निरीक्षक, आठ प्रहरी नायब निरीक्षक र दुई प्रहरी निरीक्षक कारबाहीमा परेका हुन् ।
त्यसैगरी सो अवधिमा उत्कृष्ट काम गर्ने ४३ प्रहरीलाई जिल्ला प्रहरी कार्यालयवाट पुरस्कृतसमेत गरिएको उहाँले बताउनुभयो । पुरस्कृत हुनेमा दुई प्रहरी नायब उपरीक्षक, दुई प्रहरी निरीक्षक, पाँच प्रहरी नायब निरीक्षक, चार प्रहरी सहायक निरीक्षक, १४ प्रहरी हवल्दार र १६ प्रहरी जवान छन् ।

तपाईको प्रतिक्रिया