Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – नेपाल र भारतको महिला टोलीबीच आज मैत्रिपूर्ण भलिबल खेल हुँदैछ । काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने खेलमा भारतीय टोलीलाई रोक्ने लक्ष्य नेपालले लिएको छ ।

दक्षिण एसियाको शीर्ष टोली भारत विश्व भलिबलको वरियतामा ५७ औँ स्थानमा छ । नेपाल भने हालसम्म वरियताविहीन रहेको छ । दक्षिण एसियाली खेलकुद सागमा महिला भलिबलतर्फ तीन पटक सहभागिता जनाएको भारतले तिनैपटक स्वर्ण पदक जितेको छ ।

यसपटक मैत्रिपूर्ण खेललाई नेपालले आसन्न १३ औँ सागको अभ्यासकै रूपमा लिएको छ । प्रशिक्षक सुदेशकुमार रिमालले तयार पारेको टोलीमा अधिकांश १२ औँ साग खेलेका खेलाडीकै बाहुल्यता छ । पहिलो चरणमा १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएर छनौट गरिएका १२ खेलाडीमा कुनै नयाँ अनुहार समावेश गरिएको छैन ।

नेपालले आज र भोलि गरी भारतसँग दुईवटा मैत्रिपूर्ण भलिबल खेल खेल्न लागेको हो ।

तपाईको प्रतिक्रिया