Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – १४ जना नेपाली युवा चिनियाँ प्रहरीको नजरबन्द ‘डिटेन्स’मा रहेका छन् । दलालको भरमा चीन काम गर्न भनेर विभिन्न समयमा चीन पुगेका उनीहरू पर्यटक भिसा सकिएर अवैध भएपछि नजरबन्दमा परेको आजको कान्तिपुर दैनिकमा खबर छ ।

पीडितले पत्रकार बताउने सीताराम पराजुली र जम्प टु अब नामक मेनपावरका एजेन्ट गोपाल शिवाकोटीले आफूहरुलाई चीनमा ल्याएर बिचल्ली पारेको भन्दै बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए । उनीहरूको निवेदनपछि दूतावासले स्थानीय प्रहरी समक्ष नेपाली युवालाई उद्धार गर्न अनुरोध गरेको थियो । बेइजिङको अध्यागमन कार्यालयमा ८ जना युवाहरू नजरबन्दमा छन् भने सान्तोङ प्रान्तमा दुई जना रहेका छन् ।

चीनको दक्षिणपूर्व हङकङ नजिकै रहेको सेन्जेनमा चारजना युवा प्रहरीको नजरबन्दमा रहेका छन् । चिनियाँ कानुनअनुसार भिसा सकिएर अवैध भएका विदेीले दैनिक पाँच सय चिनियाँ युआन जरिवान तिर्नुपर्छ । नेपाली युवाहरूले उक्त रकम तिर्न नसकेपछि प्रहरीले उनीहरूलाई नजरबन्दमा राखेको हो ।

तपाईको प्रतिक्रिया