साउदी – साउदी अरबको जेद्धाह शहरमा अमेरिकी कन्सुलेटमा आक्रमण गर्न गएका शंकास्पद आत्मघाती आक्रमणकारीको विष्फोटक पदार्थ पड्किएर मृत्यु भएको छ ।
कन्सुलेटमा आक्रमण गर्नुअघि नै आक्रमणकारीलाई सुरक्षाकर्मीले पहिचान गरेपछि उनले बोकेको विष्फोटक पदार्थ पड्काएका थिए ।विष्फोटमा दुई जना सुरक्षा अधिकारी घाईते भएका छन् । अमेरिकी स्वतन्त्रता दिवसको समय पारेर आक्रमणको योजना बनाइएको अनुमान गरिएको छ ।
लडाकुहरुले सन् २००४ मा यही कम्सुलेटमा आक्रमण गर्दा नौ जनाको मृत्यु भएको थियो ।