Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

चितवन – जिल्ला विकास समिति चितवन नेपालकै पहिलो वातावरणमैत्री जिविस बनेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेका कार्यालयमा जिविस, चितवन नेपालकै पहिलो वातावरणमैत्री कार्यालय बनेको स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

सरकारले २०७० सालदेखि वातावरणमैत्री स्थानीय शासन कार्यक्रम सञ्चालन गरेको थियो । मन्त्रिपरिषद्ले २०७० सालको असोज २३ गते स्वीकृत गरेको ‘वातावरणमैत्री स्थानीय शासन प्रारुप’ अनुसार कार्यक्रम लागू भएको थियो । सोही कार्यक्रमअन्तर्गत तीन वर्षको अथक प्रयासमा सबै सूचक पूरा गरिएको पोखरेलले बताउनुभयो ।

कार्यालय वातावरणमैत्री हुनलाई मुख्यगरी १० मुलुक सूचक र ४४ विस्तारित सूचक पार गर्नुपर्छ । सरसफाइ, कार्यालय भवन मर्मत, सौन्दर्य र हरियाली, फोहर व्यवस्थापन, ऊर्जाको प्रयोग, सवारीको प्रयोग, सेवाग्राहीलाई प्रतीक्षालय, शौचालय, भवन सुरक्षा र चमेना गृह व्यवस्थानलगायत मूल सूचक रहेका छन् ।

मूल सूचकअन्तर्गत ४४ विस्तारित सूचक बनाइएको जिविस चितवनका वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखाका अधिकृत महेश अधिकारीले जानकारी दिनुभयो ।
सोही सूचकलाई आधार मानेर जिल्ला विकास समिति चितवन नेपालकै जिविसमध्येकै पहिलो वातावरणमैत्री भएको हो ।

मुख्यगरी मूल सूचकअन्तर्गत उपसूचकमा कुहिने र नकुहिने फोहरलाई अलग अलग भाँडोमा राखेर व्यवस्थापन गर्नुपर्ने, क्यान्टिन र प्रतीक्षालय भएको हुनुपर्ने उल्लेख छ ।
यस्तै कम्तीमा हरियो स्टिकर भएको गाडी, भवन नक्सापास भएको, गार्डेन भएको, लैङ्गिकमैत्री शौचालय, प्लास्टिक प्रयोगमा निशेष गरिएको हुनुपर्ने हुन्छ ।

ऊर्जा खपत गर्ने चिमको प्रयोग भएको, खानेपानीको उचित व्यवस्थापन र निकास तथा हरियाली सौन्दर्य भएको हुनुपर्ने सूचकमा उल्लेख छ । बगैँचासमेत भएको हुनुपर्ने विस्तारिक सूचकमा उल्लेख छ । ती सूचकहरु पार भएकाले जिविस चितवन वातावरणमैत्री हुन सफल भएको सामाजिक शाखा प्रमुख रामहरि न्यौपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया