Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरवलोकनका लागि सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहको पहिलो बैठक राजधानीमा सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त बैठकको उद्घाटनसत्रमा आज उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले दुवै देशका जनताबीच पौराणिक कालदेखि सम्बन्ध रहेको उल्लेख गर्दै समूहको बैठकले दुवै मुलुकबीचको सम्बन्धलाई अझ बढी बलियो र दिगो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

दुवै मुलुकबीचको सम्बन्धमाथि पुनरवलोकन र समीक्षा गरी सुझाव दिन प्रबुद्ध व्यक्ति सम्मिलित समिति गठन गर्न सफल भएकामा खुसी व्यक्त गर्दै उहाँले समितिले सम्बन्धका विविध पक्षको बृहत् अध्ययन गरी परिवर्तित सन्दर्भमा रचनात्मक सुझाव दिने बताउनुभयो । दुवै मुलुकको विकास र समृद्धिका लागि सम्बन्धलाई अझ बलियो बनाउने मौका आएको उहाँले बताउनुभयो र भन्नुभयो – “नेपाल संविधानसभामार्फत नयाँ लोकतान्त्रिक संविधान जारी गरी समृद्धिको दिशामा अघि बढेको छ ।”

कार्यक्रममा भारतको प्रबुद्ध समूहका संयोजक एवम् उत्तराञ्चल प्रदेशका पूर्वमुख्यमन्त्री भगतसिंह कोसियारीले समूहको छलफलमा दुवै मुुलुकबीचको सम्बन्धको समीक्षा गरिने र त्यसबाट आगामी दिन सम्बन्ध थप मजबुत बनाउन मद्दत पुग्ने धारणा राख्नुभयो । दुवै देशबीचको सम्बन्ध सदियौँदेखि जोडिएको र दुवै देशका जनताबीच रगतको सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले समूहले सम्बन्धलाई अझ मजबुत बनाउन कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।
ने

पाललाई आफूहरुले असल छिमेकीका रुपमा लिएको र नेपालमा भारतले सधैँ राजनीतिक स्थिरता र प्रगति हेर्न चाहेको पूर्वमुख्यमन्त्री कोसियारीले बताउनुभयो । कार्यक्रममा नेपालको प्रबुद्ध समूहका संयोजक एवम् पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाले समूहको बैठकमा दुवै मुलुकबीच अहिलेसम्म भएका सन्धि सम्झौताका बारेमा संयुक्त रुपमा छलफल गरिने बताउँदै छलफलले सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन मद्दत गर्ने विचार व्यक्त गर्नुभयो ।

समितिलाई दुवै मुलुकका सरकारले महत्वपूर्ण जिम्मेवारी दिएको उल्लेख गर्दै उहाँले दुवै पक्षको समन्वयमा एजेन्डा तय गरेर छलफल र समीक्षा गरिने बताउनुभयो । समूहमा नेपालका तर्फबाट डा थापाको संयोजकत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वकानुनमन्त्री नीलाम्बर आचार्य र सांसद डा राजन भट्टराई रहनुभएको छ ।

त्यस्तै भारतका तर्फबाट पूर्वमुख्यमन्त्री कोसियारीको संयोजकत्वमा जयन्त प्रसाद, महेन्द्र पी लामा र बिएस उप्रेती रहनुभएको छ । बैठकमा दुवै मुलुकबीच अहिले भइरहेको सन्धि सम्झौतालाई कसरी पुनरवलोकन गर्ने र अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा समग्र रुपमा छलफल हुनेछ ।

पहिलो बैठक भएकाले छलफलको विधि कस्तो बनाउने र कसरी अघि बढ्ने भन्ने सम्बन्धमा बैठक केन्द्रित हुने बताइएको छ । दुई वर्ष कार्यकाल रहने समूहको संयुक्त बैठक प्रत्येक तीन÷तीन महिनामा बस्नेछ । दुबै मुलुकले पहिलो पटक गठन गरेको उक्त समूहले सम्बन्ध सुधारका लागि महत्वपूर्ण र फराकिलो क्षेत्राधिकार पाएको छ ।

तपाईको प्रतिक्रिया