Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – बेलायतमा हुने अभ्यास भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद आइसिसीका प्रतिनिधिसहितको छनौट समितिले आउँदो साउन ४ गते बेलायतको मार्लेबोन क्रिकेट क्लब एमसिसीसँग हुने खेलका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

आइसिसीका प्रतिनिधि वेङकटपति राजु, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले खेलाडी चयन गरेको हो ।नेपाली टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेसवाकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी र सुवास खकुरेल परेका छन् ।

यस्तै करण केसी, अनिल मण्डल, सन्दिप लामिछाने, विक्रम सोब, राजु रिजाल र राजेश पुलामी मगर पनि टोलीमा परेका छन् ।

तपाईको प्रतिक्रिया