Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

भारत – भारतीय अभिनेत्री तथा मोडल सलोनी चोपडाले इन्स्टाग्राममा पोष्ट गरेको एउटा तस्बिरले यतिबेला एकदमै चर्चा पाएको छ । सलोनीले हातमा ब्रा लिएको एउटा तस्बिर इन्स्टाग्राममा पोष्ट गर्दै लेखेकी छिन् ‘मेरो ब्रेष्ट मेरो शरीरको एक हिस्सा हो भनेकी छिन् ।’ सलोनीले पोष्ट गरेको यो तस्बिरले महिलाको ब्रेष्टको लोगो देखाएको भन्दै एक पुरुषले भनेका छन् ‘एक पुरुष बिना सर्ट घुम्न सक्छ तर एक महिलाले आफ्नो ब्रा फुकालेर हिडेको देखेको छैन ।’

1

सलोनीको यो फोटोमा १० हजार भन्दा बढीको लाइक आएको छ । सलोनीले आफ्नो पोष्टमा लेखेकी छिन् ‘जिन्दगी ब्रा जस्तै हो अथवा महिलाहरु आफ्नो कामुकताको बारेमा खुल्ला हुन आवश्यक छ । ब्रा शरीरको एक अंग ढाक्ने कपडा हो, यो स्कर्ट जस्तै हो ।’ यसमा यति धेरै बढी गलतत्ती गर्नु पर्ने कुनै कारण नभएको उनले बताएकी छिन् ।

2

‘के कुनै केटीले ब्रष्ट देखाउन त्यति असहज छ र ? यो विषयमा पुरुषको सोचाइ कमजोर भएको हो ? ब्रा देखाउनुको मतलब यो होइन कि मेरो ब्रेष्ट पवित्र छैन । हो यो मेरो शरीरको एक हिस्सा हो’ सलोनीले भनेकी छिन् । त्यस्तै सलोनीले भनेकी छिन् सामाजले यस्तो बनायो कि यो अंग छोप्नु अनिवार्य छ । तर यो यस्तो चिज होइन जुन छोप्न आवश्यक छ । वास्तवमा भन्नुपर्दा यो एक सुन्दरताको प्रतिक हो , हो कि होइन ? उनले प्रश्न गरेकी छिन् ।

3
सलोनीले यसरी लेखेर पोष्ट गरेको यो तस्बिरमा गरेका कमेन्ट मध्ये १५ सय जनाले उनलाई समर्थन गरेका छन् । लैला सइद नाम गरेका एक व्यक्तीलेकमेन्ट गरेका छन् ‘यस्तो आलोचनाको सामाना महिलाहरुले बराम्बर भोग्नु परेको छ । सलोनीले उठाएको यो मुद्धा जाहेज छ ।’ – एजेन्सी

तपाईको प्रतिक्रिया