Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

ललितपुर – अविरल वर्षापछि ललितपुरको बाडेगाउँमा रहेको पुष्पाञ्जली स्कुलको पर्खाल भत्किँदा २ जनाको मृत्यु हुनुका साथै करिब दुई दर्जन विद्यार्थी घाइते भएका छन्।
मृत्यु हुनेमा वर्ष ९ की कृपा राई र वर्ष १० की अञ्जना पुन मगरको उपचारको क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको हो ।

आज बिहान स्कुलको छेउमा लगाइएको ढुंगासहितको पर्खाल भत्केर स्कुलको भित्ता भत्केपछि कक्षा २ र कक्षा ८ मा पढ्ने विद्यार्थी घाइते भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले जानकारी दिनुभयो ।

घाइते विद्यार्थी पाटन र बिएण्डबी अस्पतालमा उपचार भइरहेको र केहीको अवस्था गम्भीर रहेको प्रजिअ शर्माले बताउनुभयो ।
घाईतेमध्ये पाँचजना पाटन अस्पताल र १२ जना विद्यार्थीको बि एन्ड बि अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया