Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

N Kandelटोकियो – जापानलाई कर्मघर रोजेका बागलुङ बिहुँकोटका नारायण कँडेलको अर्को म्युजिक भिडियो ’सलामी’ बजारमा आएको छ ।

राष्ट्रभक्ति तथा देशप्रेमका गीत लेखनमा कलम चलाउँदै आएका गीतकार कँडेलको यो छैंठौ एल्बम हो । उसो त उनले दर्जनौ गीत लेखिसकेका छन् ।

’चाँहिदैन मलाई तोपको सम्मान चाँहिदैन सलामी, बनाउन सकूँ खुशीले बोक्ने चारजना मलामी, खै के छ तिर्ने ? खोज्दैछु आमा दूधको साटोमा, मिसाउन सकूँ दुई थोपा रगत जन्मेको माटोमा’ जस्ता गहकिला र मर्मश्पर्शी शब्दमा उनिएका कँडेलका देशप्रेम गीत चर्चित गायक प्रमोद खरेलको आवाजमा सजिएका छन् ।

नेपाल प्रहरीका सेलिब्रेटी एसएसपी रमेश खरेलको प्रमुख अभिनय रहेको सो म्युजिक भिडियोमा अर्जुन पोखरेलको संगीत रहेको छ भने सशान कँडेलको निर्देशन रहेको छ । अर्जुन तिवारीको छायाङ्कनमा बनेको सो म्युजिक भिडियोमा निशान घिमिरेले सम्पादन गरेका छन् ।

समुद्रपारिसंग संक्षिप्त कुरा गर्दै गीतकार कँडेलले मान सम्मान पाउनका लागि भन्दा पनि समाज रुपान्तरणका लागि मानिस बाँच्नुपर्ने र त्यसका लागि आफु जन्मेको माटोमा दुई थोपा रगत मिसाउन सक्नुपर्ने सन्देश गीतले दिन खोजेको बताए ।

जापानका लागि कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीले गीतकार कँडेललाई शुभकामना दिदैं भनेका छन् – ‘नेपाली गीत संगीत, साहित्य, कला र सँस्कृतिको श्रीबृद्धि गर्ने कार्यले निरन्तरता पाईरहोस ।’

यस अघि केही महिना अगाडि मात्र बजारमा आएको कँडेलको ‘यस्तै छ कहानी परदेशीको’ म्यूजिक भिडियोले निकै चर्चा पाईरहेको छ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया