Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

’सुजु’ र ’टेक’ को जोडी पनि म्यूजिक भिडियोमा जम्दै 

Suzu Couple Okटोकियो – ’एउटा कुरा मनमा थियो भन्न गाह्रो भयो, तिम्रो बारे केही कुरा जान्न गाह्रो भयो’ बोलको गीतमा जापानमै छायाङ्कन गरिएको म्युजिक भिडियो सार्बजनिकएकोछ । हालै सम्पन्न तामाङ ल्होसार कार्यक्रमका अवसरमा उक्त म्युजिक भिडियो विमोचन गरिएको हो । उक्त म्युजिक भिडियोको तामाङ समाज जापानका वरिष्ठ सल्लाहकार रेख ब्लोन तामाङले विमोचन गर्नुभएको थियो ।

गायक सञ्जिव तामाङको स्वरमा सजिएको उक्त गीतमा सुजु तामाङ र टेक गुरुङको प्रमुख अभिनय रहेको छ भने उनीहरुलाई मिनामी एलिज, बिश्वास, नास्मिक, निर, एकराज लगायतले सघाएका छन् ।

सञ्जिव वाइवाकै शब्द अनि संगीत रहेको सो गीतको म्युजिक भिडियोको छायाङ्कन तथा निर्देशन ओम प्रकाश गुरुङले गरेका हुन् भने सम्पादन प्रविण हिराचनको रहेको छ । करिब साढे ४ मिनेटको उक्त म्युजिक भिडियो हेरेर प्रतिक्रिया दिन सिंगो युनिटले जापानबासी नेपालीहरुमा अपिल गरेको छ ।

पछिल्ला समयमा जापानमै म्युजिक भिडियो उत्पादन गर्ने लहर ह्वात्तै बढेपछि आफ्नो पनि अनायसै ब्यस्तता बढेको सुजुले समुद्रपारिलाई बताईन् । यसबाहेक उनको अन्य म्युजिक भिडियो पनि छिट्टै बजारमा आउने क्रममा रहेको छ भने आशबिर तामाङको शब्द, संगीत र आवाजमा स्वरबद्ध जापानी सेलोमा नेपाली मिक्स ’होप’ को म्युजिक भिडियोमा पनि अभिनयका लागि सुजु अनुबन्धित भईसकेकी छिन् । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया