आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौँ – खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले मन्त्रिपरिषद्को कार्यालयमा प्राचीन मूर्ती देखि मुगा सम्म भएको सम्पति विवरण पेश गर्नुभएको छ । मन्त्री सिंहले प्राचीन मूर्ति पाँच थान, प्राचीन खुँडा तरबार सात थान, प्राचीन गुप्त लठ्ठी तीन थान, प्राचीन थाली, कचौरा र कसौँडी १० थान रहेको उल्लेख छ ।
त्यसैगरी २५ तोला पैतृक र २० तोला स्वआर्जन गरेको सुन, ५०० तोला पैतृक चाँदी, मुगा २० तोला, सिपी पाँच थान र नगद रु ७५ हजार रहेको विवरणमा उल्लेख छ । विभिन्न बैंकमा रु ८७ हजार रकम मौज्जाद रहेको तथा सेन्ट्रल फाइनान्स लिमिटेड ललितपुरबाट रु ३० लाख ऋण लिएको सम्पत्ति विवरणमा जनाइएको छ ।
मन्त्री सिंहको नाममा काठमाडाँैको थानकोटमा सात आना जग्गामा साँढे तीनतले घर, कालीकोटको ओदानकुमा दुई वटा तीनतले घर, कालीकोटकै मान्मखाडाचकमा एकतले घर रहेको छ । त्यस्तै कालीकोटका विभिन्न स्थानमा उहाँको घडेरी र जग्गा रहेको छ ।

तपाईको प्रतिक्रिया