Deneme Bonusu Veren Siteler
शनिबार, पौष ०६, २०८१
Saturday, December 21, 2024

काठमाडौं – नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री डा शशाङ्क कोइरालाले सहमति, सहकार्य, समझदारी र आपसी विश्वासको मेलमिलापबाट मधेस समस्या समाधान गर्न काँग्रेस कृतसङ्कल्पित रहेको बताउनुभएको छ ।
काँग्रेसको १३औं महाधिवेशनबाट नवनिर्वाचित डा कोइरालाले आज यहाँ विज्ञप्ति प्रकाशित गर्दै प्रजातन्त्रको मुहान मधेसमा असन्तुष्टि रहेको छ उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ– “आजको परिहार्यता राष्ट्रियता, प्रजातन्त्र, प्रजातान्त्रिक समाजवादमा आधारित सामाजिक न्याय हो । यही जगमा टेकेर राष्ट्रिय एकता, मेलमिलाप, समन्वय, सहकार्य, समझदारी, सामाजिक सद्भाव, सामञ्जस्य र आपसि विश्वासको वातावरण सिर्जना गर्नु हाम्रो दायित्व हो ।”
विज्ञप्तिमा उहाँले पार्टीमा तरुणको जोश, जागर र क्रियाशीलता काँग्रेसको प्रेरणास्रोत रही आएको उल्लेख गर्दै अहिले काँग्रेसको काँधमा गहन जिम्मेवारी र चुनौती रहेको बताउनुभएको छ । अल्पसङ्ख्यक समुदायको अनुपम सम्मिश्रणबाट बनेको हाम्रो विविधताबीचको एकता र सामाजिक सद्भावपूर्ण नेपाली संस्कृतिलाई परम्परालाई अक्षुण्य राख्दै जलसम्पदा, प्राकृतिक स्रोत र गतिशील जनशक्तिको अधिकतम उपयोग गरी गरिबी, अशिक्षा, बेरोजगारी हटाउन काँग्रेस निरन्तररुपमा लागिरहेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको महाधिवेशनलाई भब्यरुपमा सफल बनाउनु हुने महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक, नेता तथा आम कार्यकर्ता तथा पार्टीका शुभेच्छुक सबैमा उहाँले विज्ञप्तिमार्फत आभार व्यक्त गर्नुभएको छ । उहाँले प्रजातान्त्रिक पद्दतिमा प्रतिनिधि छनोट प्रक्रिया ताजगीको प्रतीक बताउँदै पार्टीलाई व्यवस्थित र सस्थागत गर्दै विधानतः परिचालन गर्ने प्रविधि भएको बताउनुभएको छ । विज्ञप्तिमा महामन्त्री कोइरालाले नवनिर्वाचित सभापति र कोषाध्यक्षलाई बधाई ज्ञापन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया