Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल)को रोमाञ्चक फाइनल खेल भइरहेको छ। उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच कडा प्रतिस्पर्धा छ। खेललाई समर्थन गर्न राजनीतिक र सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू मैदान पुगेका छन्।

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, उद्योगमन्त्री दामोदर भण्डारी र मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह खेलाडीलाई प्रोत्साहित गर्न उपस्थिति जनाएका छन्। यसबाहेक विभिन्न दलका सांसद र पूर्वमन्त्रीहरू पनि खेल हेर्न मैदानमा आएका छन्। सुदूरपश्चिम आफ्नो प्रभावशाली प्रदर्शनलाई कायम राख्दै जीतको ह्याट्रिक गरेर उपाधि हात पार्ने योजनामा छ। अर्कोतर्फ, जनकपुरले आफ्नो पछिल्ला दुई पराजयको बदला लिएर पहिलोपटक उपाधि जित्ने मौका पाएको छ।

लिग चरणमा सुदूरपश्चिमले सातमध्ये छ खेल जित्दै उत्कृष्ट स्थान सुरक्षित गरेको थियो भने जनकपुरले पाँच खेल जितेर दोस्रो स्थान प्राप्त गरेको थियो। जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराएर फाइनलमा स्थान सुरक्षित गरेको हो। यस प्रतियोगिताका विजेताले एक करोड १० लाख रुपैयाँ र उपविजेताले ५० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया