Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपरमार्केटलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। ढुसी लागेको सामग्री बेचेको पाइएपछि महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले भाटभटेनी सुपर मार्केटलाई यो जरिवाना गरेको हो।

महानगरको कृषि तथा पशुपंक्षी विभागले प्राप्त गुनासोका आधारमा अनुगमन गरेको थियो। “बासी, सडेगलेका र किरा लागेको खाना बिक्री भयो” भन्ने उजुरीपछि गरिएको निरीक्षणमा, नरिवलका ४४ प्याकेटमा ढुसी फेला परेका थिए। अनुगमनपछि ती सामग्रीलाई नष्ट गरिएको र जरिवानाको प्रक्रिया अपनाइएको थियो।

महानगरले जारी गरेको विज्ञप्तिमा भाटभटेनीलाई आगामी दिनमा प्रचलित कानुनको पालनासहित मात्र उच्च गुणस्तरका खाद्य सामग्री बिक्री गर्न निर्देशन दिइएको छ। जरिवानाको रकम महानगरको राजस्व खातामा जम्मा गरिएको र भविष्यमा यस्ता त्रुटि दोहोरिन नदिन सतर्कता अपनाउन भनिएको छ।

 

 

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया