Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – एफवान सफ्टको बैंक खाता ह्याक गरी करोडौँ रुपैयाँ चोरी भएको छ। अनलाइन बैंकिङ प्रणाली ह्याक गरेर ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ सिटिजन्स बैंकको खाताबाट चोरी गरेको खुलासा भएको छ।

अनुसन्धान अनुसार, ह्याकरहरूले कम्पनीको खातामा रहेको रकम विभिन्न समयमा नेपाली बैंक खातामा ट्रान्सफर गरेका थिए। प्रहरीले यो रकम वैदेशिक रोजगारीका व्यक्तिसँग हुण्डी कारोबार मिलाउन प्रयोग भएको आशंका गरेको छ।

यो घटनामा विदेशी गिरोहको संलग्नता रहेको अनुमान गरिएको छ। प्रहरीको साइबर ब्युरोले अहिले घटनाको अनुसन्धान जारी राखेको छ। तर, बैंक खाता कसरी ह्याक भयो भन्ने विषयमा भने अझै जानकारी प्राप्त नभएको जनाएको छ।

एफवान सफ्ट फिनटेक प्रविधिमा आधारित एक प्रतिष्ठित कम्पनी हो। यसले ईसेवा र फोन पेजस्ता डिजिटल वालेटका साथै विभिन्न बैंकहरूको इन्टरनेट र मोबाइल बैंकिङ प्रणालीको विकास र व्यवस्थापनको काम गर्दै आएको छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया