Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस :  

काठमाडौँ – बाजुरा जिल्लाको केन्द्रविन्दु भएर आज बिहान ५.२ रेक्टर स्केलको भूकम्प गएपछि मानवीय क्षति नभए पनि १५ घर पूर्ण रूपमा भत्किएका छन्। जिल्ला प्रशासन कार्यालय, बाजुराका अनुसार भत्किएका घरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले हालसम्म १५ घर बस्न अयोग्य भइसकेको र थप विवरण संकलनको काम जारी रहेको जानकारी दिए। “भूकम्पका कारण मानिसहरूलाई कुनै क्षति पुगेको छैन। पूर्ण रूपमा भत्किएका घरका परिवारलाई अस्थायी रूपमा आफन्तको घरमा बस्न सुझाव दिएका छौं,” उनले भने।

उनका अनुसार १५० भन्दा बढी घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। थप विवरण सङ्कलन गरिरहेकाले स्थितिको स्पष्ट तथ्यांक आउन समय लाग्ने बताएका छन्। प्रभावित क्षेत्रका मानिसहरूको सुरक्षाका लागि सुरक्षा निकाय परिचालन भइसकेको छ भने पीडितहरूलाई आइतबारदेखि राहत उपलब्ध गराउने योजना तयार गरिएको छ।

भूकम्पको केन्द्रविन्दु बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्रीमा रहेको थियो। यो प्रकोपले क्षति भएको स्थानहरूमा प्रशासनले राहत तथा उद्दारका कार्यक्रम तत्काल अघि बढाउँदैछ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया