Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरुको मतगणना सुरु भएको छ । सानेपास्थित पार्टी कार्यालयमा खुल्लातर्फको मतगणना सुरु गरिएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । खुलातर्फ २५ पदका लागि ९० उम्मेदवार छन् ।
केन्द्रीय सदस्यको खुलातर्फ प्रभावशाली नेताहरु नै चुनावी मैदानमा छन् । शेरबहादुर देउवा र रामचन्द्र पौडेलले प्यानल नै बनाएका थिए । देउवा प्यालनमा ३२ जना र पौडेल प्यानलमा २५ जनाको नाम समावेश गरिएको थियो । अन्यले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् ।
यसअघि सभापतिसहित महामन्त्री र कोषाध्यक्षको मतगणना गरिएको थियो । सभापतिमा शेरबहादुर देउवा महामन्त्रीमा रामचन्द्र पौडेल प्यानलका शशांका कोइराला र कोषाध्यक्षमा पौडेल प्यानलकी सीतादेवी यादव विजयी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया