Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – नेपाली काँग्रेसको महामन्त्रीमा डा. शशांक कोइराला विजयी हुनु भएको छ । उहाँ पार्टीका संस्थापक नेता वीपी कोइरालाका छोरा हुनुहुन्छ ।
पार्टीको १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याउनु भएका गगन थापा र अर्जुननरसिंह केसीलाई पछाडि पारेर वीपीका छोरा शशांक महामन्त्रीमा विजयी हुनु भएको हो । कोइरालाले केसीलाई ४ सय मतले हराउँदै महामन्त्री पदमा विजयी हुनु भयो । शनिबार मदतान भएपनि तीन दिन ढिला भएको गणनामा कुल ३१४८ खसेको मत मध्ये शशांकले १४१७ मत प्राप्त गरे।
त्यस्तै अर्जुनरसिंहले १०१७ र गगन थापाले ५८४ मत ल्याउँदै तेस्रो भए। यस्तै १३० मत बदर भएको छ।

तपाईको प्रतिक्रिया