Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा महामन्त्री र कोषाध्यक्षका लागि भएको निर्वाचनको मतगणनामा क्रमशः डा शशाङ्क कोइराला र सीतादेवी यादवको अग्रता रहेको छ ।

दुई बजेदेखि सुरु भएको मतगणनामा ३०१ मतपत्रको गणना हुँदा महामन्त्रीका उम्मेदवार डा कोइरालाले १२५ अङ्कका साथ अग्रता कायम गर्नुभएको छ भने अर्जुननरसिंह केसीले ९१ र गगनकुमार थापाको ७१ प्राप्त गर्नुभएको छ । यस्तै कोषाध्यक्षमा सीतादेवी १२४, चित्रलेखा यादवको १०७, उमाकान्त चौधरीको ४५ र कृष्ण कार्कीको पाँच मत छ । मत तीन ठाउँमा राखेर गणना गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया