Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – ‘सुशीलको नेतृत्वमा बनाऔँ संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाली काँग्रेसको ऐतिहासिक १३औं महाधिवेशनले सभापति पदमा शेरबहादुर देउवालाई निर्वाचित गरेको छ ।
फागुन २० गतेबाट सुरु भएको महाधिवेशन अन्तर्गत २१ र २२ गते भृकुटीमण्डपमा बन्दसत्र सम्पन्न भएका थिए । नयाँ नेतृत्व अन्तर्गत पहिलो चरणमा २३ गते सम्पन्न सभापति पदमा कुनै पनि उम्मेदवारले पार्टीको विधानतः बहुमत पु¥याउन नसक्दा काँग्रेस इतिहासमा पहिलो पटक सभापतिका लागि दोस्रो चरणको निर्वाचन आजै सम्पन्न भएको थियो ।
स्थापनाको करिब सात दशक पूरा गर्न लाग्दासम्म अधिकांश समयावधि कोइराला परिवारबाट नेतृत्व हुँदै आएको काँग्रेसले यस अधिवेशनबाट नयाँ नेतृत्व हस्तान्तरण गरेको छ । १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र १२आँै महाधिवेशनमा सुशील कोइरासित पराजित वरिष्ठ नेता देउवा तेस्रो पटक सभापतिमा निर्वाचित हुनुभएको थियो । बन्दसत्रमा कावा सभापति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाद्वरा प्रस्तुत सङ्गठन सम्बन्धी तथा कोषाध्यक्ष चित्रलेखा यादवद्वारा प्रस्तुत प्रतिवेदनलाई समेत सुझाव सहित पारित समेत गरेको थियो । यसैगरी नयाँ संविधानको व्यवस्था अनुसार प्रान्तबाट निर्वाचित हुने केन्द्रीय सदस्य सम्बन्धी विधानलाई समेत पारित गरेको थियो ।
१२ औं महाधिवेशन २०६७ साल असोज १ देखि ५ गतेसम्म काठमाडांमा नै सम्पन्न भएको थियो । सो महाधिवेशनले पार्टी सभापतिमा सुशील कोइरालालाई निर्वाचित गरेको थियो । महाधिवेशनको अन्तिम तयारी हुँदै गर्दा माघ २६ सभापति सुशील कोइरालाको असामयिक निधन भएपछि यो महाधिवेशनले कस्को र कस्तो नेतृत्व चयन गर्छ भन्नेमा सर्वत्र चासोका रूपमा हेरिएको थियो ।
भारतको कलकत्ताको भवानीपुरमा विसं २००३ माघ १२ र १३ गते नेपाली राष्ट्रिय काँग्रेसका रूपमा पहिलो महाधिवेशन भएको काँग्रेस अनेकाँै राजनीतिक घटनाको नेतृत्वकर्ता र साक्षी बन्दै काठमाडौँ महाधिवेशनको संस्करणसम्म आइपुगेको हो ।

तपाईको प्रतिक्रिया