Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – नेपाली कांग्रेसको जारी महाधिवेशनमा नयाँ नेतृत्वको लागि उम्मेदवारहरुमाथि दावी बिरोध तथा उम्मेदवारी फिर्ता लिने अन्तिम समयसम्म पनि कांग्रेसका ठूला नेता विरुद्ध उजुरी परेन । दाबी विरोधको समय सकिएपनि सभापतिका तीन, महामन्त्रीका तीन र कोषाध्यक्षका चार उमेद्वारले आफ्नो उमेद्वारी कायमै राखेका छन् ।

महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यतालिका अनुसार पदाधिकारीसहित ६४ जना केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएकाहरुमाथिको दावी बिरोधको समय सकिएको छ । यसबीचमा पदाधिकारीका कुनैपनि उम्मेदवारबिरुद्ध कार्यकर्ताले दावी बिरोध नगरेको निर्बाचन कमिटीका गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

केन्द्रीय समस्यका उम्मेदवारहरु केहीबिरुद्ध उजुरी परेपनि पुष्टि नभएपछि ६४ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय ७५ जनाको उम्मेदवारी सदर भएको थियो ।
तर उम्मेदवारी फिर्ताका लागि भने ५० भन्दा बढी निवेदन परेको छ । निर्वाचन कमिटीले शनिबार मध्यान्हसम्म उम्मेदवारी फिर्ताको समयसीमा तोकेको थियो । यसबीचमा ५० भन्दाबढी निवेदन उम्मेदववारी फिर्ताका लागि परेको निर्वाचन कमिटीका घिमिरेले जानकारी दिए ।
अन्तिम नामावली दाबी विरोध र फिर्तापछि भने अब ६१ जना केन्द्रिय सदस्य र तीन जना पदाधिकारीका लागि तीन सय १२ जनाको उमेद्वारी कायम भएको छ ।

तपाईको प्रतिक्रिया