Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौंँ – शुक्रबार विहान ८ बजे । सल्यानबाट आएको महाधिबेशन प्रतिनिधिको एक टोली महामन्त्री पदका उम्मेद्धार गगन थापालाई भेट्न उनको निवास पुग्यो । महाधिबेशन प्रतिनिधिहरुको टोलीका संयोजक थिए, केशबहादुर बिष्ट ।

विष्टको टोलीले गगन थापासँग सोध्यो ‘दाई अब हामी कसरी जाने हो ? ६ नम्बर प्रदेशबाट सिटौला दाई भन्दा तपाईको धेरै मत आउँछ, चिन्ता गर्नुपर्ने केही छैन ।’ गगनले उनीहरुलाई आश्वस्त पार्न कांग्रेसको विगत, वर्तमान र भविश्यको कुरा १० मिनेटमा गर्न भ्याए ।

उनले अन्तमा भने ‘तपाईहरु मेरो अत्यन्त नजिकको साथीहरु हो, हामी जित्दैनौ, कांग्रेस बचाउन शेरबहादुर देउवा र अर्जुननरसिंह केसीलाई भोट दिनुहोस् । महाधिबेशन पछि फेरी भेटौला ।’ गगन थापाले बन्द कोठामा देउवा र ससुरा केसीका पक्षमा भोट मागेपछि हौसिदै निवासमा पुगेका सल्यान कांग्रेसका नेताहरु जिल्ल परे । ‘हामीले त देउवा र अर्जुननरसिंह दाईलाई गगन थापाले भोट माग्नु होला भन्ने लागेकै थिएन’ विष्टले भने ‘उहाँले खुलेर देउवा र अर्जुननरसिंह दाईका लागि भोट माग्नु भयो ।’

सिटौलालाई सभापति र आफु महामन्त्रीमा चुनाव लडेका गगन थापाले देउवा र अर्जुननरसिंह केसीका लागि भोट मागेपछि सल्यानी कांग्रेसका नेताहरु चकित परे । ‘गगन दाईले विस्वास दिलाउँदै भोट मागेपछि हामीले कुरा बुझ्यौ’, विष्टले भन्नुभयो। बिष्टको टोलीसँग देउवा र ससुरा अर्जुननरसिंह केसीका लागि भोट मागेपछि थापाले महाधिबेशन पछि फेरी सल्यान कांग्रेसको टोलीसँग बस्ने बाचा गर्दै उनीहरुलाई विदाई गरे । ‘मलाई अरु साथीहरु पनि भेट्नु छ, तपाईहरु देउवा र केसीका पक्षमा लाग्नुहोस्’ थापाले भने ।

थापाको निर्देशनपछि विष्टको टोली महाधिबेशन स्थल भृकुटी मण्डप पुग्यो । भृकुटी मण्डप बाहिर रामचन्द्र पौडेल र शेरबहादुर देउवा प्यानलबाट चुनावी मैदानमा उत्रेका उम्मेद्धारहरु पोष्टर पम्पलेट बाँड्दै दिए । तर सल्यान कांग्रेसको टोलीले सिटौला र गगन थापाको पोष्टर कतै भेटेन । ‘त्यसपछि हामीले राजनीतिक खेल बुझ्यौ’, सल्यान कांग्रेसका अर्का नेता एकराज डिसीले भने ।

सल्यान कांग्रेसका महाधिबेशन प्रतिनिधी जस्तै गगन थापाले देशभरका आफु निकटका कार्यकर्तासँग देउवा प्यानलका लागि भोट माग्न थालेका छन् । उनले युवाहरुको भविश्य अब पुरानो कांग्रेसमा नभई नयाँ कांग्रेसमा खोज्नु पर्ने उनको तर्क छ । कांग्रेसका संस्थापन पक्षलाई हराउनका लागि मात्र सिटौला र थापा चुनावी मैदानमा आएको पक्का पक्की भएको छ ।  (Yes Kathmanduबाट)

तपाईको प्रतिक्रिया