Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ– नेपाली काँग्रेसको महाधिवेशनमा भाग लिन विभिन्न जिल्लाबाट राजधानी आएका नेता तथा कार्यकर्ता महाधिवेशनको रौनकसँगै पार्टीका विभिन्न विषयमा लेखिएका पुस्तक खरिद गर्नमा व्यस्त देखिन्छन् ।

विभिन्न जिल्लाबाट आएका प्रतिनिधिले आफ्ना जिल्लामा खोजेजस्तो सबैखाले पुस्तक नपाइने भएकाले महाधिवेशनको सन्दर्भ सबैखाले पुस्तक भेटिने हुनाले खरिद गर्न लागेको बताए ।

दाङबाट महाधिवेशनमा भाग लिन काठमाडौँ आउनुभएका कार्यकर्ता गणेश गुरुङ बन्दसत्र सुरु हुनपूर्व भृकुटीमण्डपका पेटीमा राखिएका पुस्तक पसलमा पार्टीका एतिहास लेखिएका र हालसम्मका कार्य समेटिएका पुस्तकको खोजी गरेको बताउनुभयो ।

उहाँले भन्नभयो– “अहिलेका युवा कार्यकर्तामा पनि पढ्नुपर्छ भन्ने भावनाको विकास भएको छ । पार्टीमा राजनीति गर्ने युवाले सम्बन्धित पार्टीका विषयमा इतिहास, पूर्व नेताका विषयमा जानकारी र पार्टीका नीति तथा सिद्धान्तका विषयमा जान्नु आवश्यक भएकाले मैले पनि मौकामा यस्ता खाले पुस्तक खरिद गरेको हुँ ।”

विभिन्न पूर्व नेताका जीवनी र उहाँहरुका कार्यशैलीका विषयमा लेखिएका पुस्तक बढी खोज्ने गरेको पुस्तक विक्रेता चन्द्र राईले बताउनुभयो ।

गत पार्टीका सभापति स्व सुशील कोइरालाको विषयमा महाधिवेशन प्रचारप्रसार समितिले प्रकाशन गरेको ‘अलबिदा सुशीलदा’ भन्ने पुस्तकको पनि युवाले खोजी गरी खरिद गरेको राईले बताउनुभयो ।

नेका अर्का कार्यकर्ता रमेश तिमिल्सना पनि विभिन्न कालखण्डमा भएका राजनीतिक गतिविधि समेटिएर लेखिएका पुस्तक पनि आफूले खोजी गरी खरिद गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “जिल्लातिर आफूले खोजेजस्तो पुस्तक पाउन सकिँदैन, यहाँ आएको समयमा यस्ता पुस्तक खरिद गरी घर गएर अध्ययन गर्न सजिलो हुन्छ ।”

उहाँ मात्र होइन बर्दियाकी कालिका विष्ट पनि काँग्रेसका दिवङ्गत नेताका विषयमा लेखिएका जीवनीको खोजी गर्दै गरेको अवस्था भृकुटीमण्डपमा भेटिनुभयो ।
उहाँ भन्दै हुनुहुन्थ्यो– “म नेताका जीवनी पढ्न रुची राख्छु । काँग्रेसका नेताका जीवनी पनि निकै घतलाग्दा छन् त्यसैले बजारमा आएका नयाँनयाँ जीवनी समेटिएका पुस्तक किनेर लैजाने सोचाइमा छु ।”

आफूले नेकाको महाधिवेशनलाई लक्षित गरी काँग्रेस, प्रजातन्त्र र अन्य समसामयिक राजनीतिक विषयवस्तुका पुस्तक बेच्नका लागि ल्याएको बताउनुहुन्छ पुस्तक विक्रेता धर्म रेग्मी ।

अहिले विभिन्न जिल्लाबाट आएका नेता कार्यकर्ताले राजनीतिक पुस्तक मात्र होइन, अन्य पुस्तक पनि खोजी गरी खरिद गरिरहेको अर्का पुस्तक व्यापारी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले नेता तथा कार्यकर्ताले ‘बिपी कोइराला र नेपाली काँग्रेस’, ‘बिपी कोइरालाको जीवनी’, ‘नेपाली राजनीतिका शिखर पुरुष राजनेता गिरीजाबाबु’, ‘नेपाली काँग्रेसको ऐतिहासिक दस्तावेज’, ‘बिपी कोइरालाको फेरि सुन्दरीजल’, ‘लोकतन्त्र र राष्ट्रवाद, महात्मा गान्धी’, ‘निष्ठाको सगरमाथा सुशील कोइराला’, ‘नेपालको सविधान विवेचना र टिप्पणी सहित’, ‘विश्वेश्वरप्रसाद कोइरालाको ‘जेल जर्नेल’लगायतका पुस्तक बढी मात्रामा बिक्री भएका छन् ।

तपाईको प्रतिक्रिया