Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं  – नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी दर्ता गर्नुभएको छ । शुक्रबार बिहान पार्टी कार्यालय सानेपामा पौडेलले आफ्नो प्यानलको दर्ता गर्नुभएको हो । पौडेल समूहको महामन्त्रीमा सशांक कोइराला र कोषाध्यक्षमा सीतादेवि यादवले उमेद्वारी दर्ता गराउनुभएको छ ।

पौडेलका प्रस्तावकमा महामन्त्री प्रकाशमान सिंह हुनुहुन्छ भने समर्थकमा सुजाता कोइराला, रामशरण महत, पद्मनारायण चौधरी सहित ७ जना रहेका छन् । त्यसतै महामन्त्री कृष्णप्रसाद सिटौला समूहलेपनि शुक्रबार विहान उमेद्वारी दर्ता गराएको छ । सिटौला समूहबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमकान्त चौधरी रहनुभएको छ ।

ramchandra
वरिष्ठ नेता शेरबहादुर देउवा समूहले भने हिजै उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पार्टीको उद्घाटन कार्यक्रममा सहभागी भएका देउवाले आफ्नो उम्मेदवारी दर्ता पार्टी नेता रमेश लेखकलाई वारेसनामा दिएर पार्टी मुख्यालय सानेपामा २ः४५ बजे गराउनुभएको थियो । देउवा समूहबाट महामन्त्री पदमा नेता अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवले उम्मेद्वारी दर्ता गराउनुभएको थियो । ***

तपाईको प्रतिक्रिया