Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – खुला मञ्चमा अपरान्ह करिब २ बजे औपचारिक रुपमा सुरु भएको नेपाली काँग्रेसको १३औं महाविधेशनको उद्घाटन सत्रमा रोचक र घतलाग्दा दृष्य देखिए । निर्धारित समयभन्दा ठीक एक घन्टा ढिलो सुरु भएको उद्घाटन सत्रमा विभिन्न दृष्य रोचक र केही कमजोरीसमेत झल्किए । स्वागतगान पछि पाहुनाका रुपमा एक भारतीय नेता पल्लवसिंह गुप्ताले बोलेपछि काँग्रेसका संस्थापक नेता बिपी कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको तस्बिरमा काँग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेल लगायत शीर्ष नेताले माल्यार्पण गर्नुभयो ।

उद्घाटनको सुरुमै संस्थापक नेताप्रति माल्यार्पण गरिनुपर्नेमा कार्यक्रम सञ्चालकको कमजोरीका कारण केही खल्लोपना आएको थियो । राष्ट्रिय गान पनि तीन वक्ताले बोलिसकेपछि मात्र बज्यो ।
कार्यवाहक सभापति पौडेलले पानसमा दीप प्रज्वलन गरी महाधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन समारोहमा भारत, विहारका मुख्यमन्त्री नीतिश कुमार, बङ्गलादेशका सूचनामन्त्री हसनुल हक इनु, सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयला लगायत विशिष्ट पाहुनाको सहभागिताले मञ्चको शोभा बढाएको थियो ।

महाधिवेशनमा शुभकामना मन्तव्य दिन खुलामञ्च पुग्नुभएका प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको मन्तव्यमा ताली गुञ्जायमान भएको थियो ।

हजारौंको सङ्ख्यामा सहभागी काँग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणले आफ्ना नेताको मन्तव्यभन्दा विपक्षी र विदेशी पाहुनाका पक्षमा बढी ताली पिटेका थिए । मञ्चमा टाढाबाट हेर्न र सुन्नका लागि ठूला एलइडी पर्दा तथा गुणस्तरीय माइकको व्यवस्था गरिएकाले दर्शक–स्रोताले सहज महसुस गरेका थिए ।

उद्घाटनअघि नेपाल सांस्कृतिक सङ्घका कलाकारले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए भने मन्तव्यका बीच बीचमा विभिन्न गीत सङ्गीत प्रस्तुत गरिएको थियो । दर्शक दीर्घामा पालको समेत व्यवस्था थियो ।

सहभागीहरुको स्वास्थ्य सुविधालाई ध्यानमा राखी खुलामञ्च परिसरमा स्वास्थ्य शिविर र घुम्ती शौचालयको समेत व्यवस्था गरिएको थियो । उद्घाटनस्थलमा बदाम टोक्दै झुम्म अवस्थामा नेताकार्यकर्ताले मञ्चको भाषण सुनेका थिए ।

समारोहस्थलमा बिपी कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाबारे लेखिएका विभिन्न पुस्तकप्रति आकर्षण देखिन्थ्यो । उपस्थित धेरैको हातमा ती पुस्तक थिए । दर्शक दीर्घामा सर्वसाधारणको टाउकोमाथि फहराइरहेका चारतारे झण्डाको विशेष आकर्षण थियो ।

सङ्गीत र नृत्यमय उद्घाटन
देशकै पुरानो लोकतान्त्रिक दल काँग्रेसको १३ औँ महाधिवेशन थप सङ्गीतमय देखियो । महाधिवेशनलाई सङ्गीतमय बनाउन चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई स्वयम् खटिनुभएको थियो । अपरान्ह करिब १ बजे उद्घाटन हुनुभन्दा अगावैदेखि खुलामञ्च सङ्गीत र नृत्यमय थियो । ‘क्रान्तिको गाथा’, ‘हाम्रो जय नेपाल’ लगायत गीत गुञ्जिँदा ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ’ जस्ता राष्ट्रिय भावनाले ओतप्रोत गीतमा नृत्य प्रस्तुत भएका थिए । त्यसमा गायक विमलराज क्षेत्री, टेलिभिजनकर्मी प्रकाश सुवेदीको पनि साथ थियो ।

त्यसो त महाधिवेशनमा पार्टीका नेता, विभिन्न दलका शीर्ष नेता तथा विदेशी पाहुनाले दिने मन्तव्यका बीचबीचमा गीत, नृत्यसँगै पुस्तक विमोचन समेत भएको थियो । सो क्रममा ‘शिरैमा हाम्रो चारतारे झण्डा रुखैको छहारी’ बोलको गीतमा शंकर बिसी, नरेशवीर सिंह, कविता शर्मा लगायतको नृत्यले स्वदेशीविदेशी जोसुकैको मन जित्यो । नृत्यको संयोजन केन्द्रीय सदस्य मीना सुब्बाले गर्नुभएको थियो । त्यस्तै विन खातीले ‘सर्वमान्य नेता गणेशमान’ गीत गाउँदा गणेशमानसिंह पुत्र प्रकाशमानको भावुकता प्रस्ट देखिन्थ्यो ।

कार्यक्रममा काँग्रेसका पाँच नेताले लेखेको ‘जय नेपाल’ गीतिसङ्ग्रहको विमोचन भएको थियो । साथै डा. मीनेन्द्र रिजालको सम्पादन रहेको ‘संसद्मा बिपी’ र उर्मिला थपलियाको ‘सम्झनामा सुशील‘दा’को लोकार्पण भएको थियो । ***

तपाईको प्रतिक्रिया