Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार उठेका प्रदीप पौडेलको चुनावी प्रचार रोबोटले गर्ने भएको छ । उक्त रोबोटले कोही व्यक्ति अगाडि आउने बित्तिकै ‘नेपाली काँग्रेसका नैतिकवान्, कर्तव्य निष्ठ, कर्मठ जुझारु युवा नेता प्रदीप पौडेललाई नेपाली काँग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदमा आफ्नो बहुमूल्य मत दिई अत्यधिक बहुमतले विजयी गराआँै, जय नेपाल’ भनेर सन्देश प्रवाह गर्छ ।
सोही रोबोटले बोलीअनुसारकै कागजमा प्रिन्ट गरेर हातले दिने र हात जोडी नमस्ते गर्दै मत माग्दै चारैतिर घुम्दै हिँड्छ । प्राविधिक विद्यार्थी समूहले बिहिबार पत्रकार सम्मेलन गरेर काँग्रेस पार्टीको महाधिवेशनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित रु ९१ हजार खर्च गरेर रोबोटको निर्माण गरिएको जानकारी दिएको छ ।
रोबोट निर्माण टोलीका सदस्य धीरन कार्कीले प्रविधिको प्रयोगले सकारात्मक सन्देश प्रवाह गरिएको बताउनुभयो । उक्त रोबोट सुमन थपलिया, बाबुराम अधिकारी, दिग्दर्शन सुवेदी, अङ्कित बराल र मिलन कोराङ्गी लगायतको समूहले बनाएको हो ।

तपाईको प्रतिक्रिया