Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नयाँ संविधान जारी भएपछि त्यसको प्रभावकारी कार्यान्वयनका लागि मुलुक र काँग्रेसलाई पनि अझ समावेशी बनाउनुपर्ने बताउनुभएको छ ।
काँग्रेसको १३औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यो मुलुक सबैको हो भन्ने भावना जगाउन राज्यका हरेक अङ्गलाई समावेशी बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । सभापति सुशील कोइरालाको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको र यसको पूर्ति गर्न पार्टीको सबै तहबाट सहयोग आवश्यक भएको बताउनुभयो ।
काँग्रेसको महाधिवेशनले कस्तो मार्गनिर्देशन गर्छ र कस्ता नेतृत्व चयन गर्छ भन्ने उत्सुकताका साथ राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा हेरिएको बताउँदै उहाँले भन्नुभयो– “महाधिवेशनका सामु अवसर र चुनौती दुवै छन् ।” महाधिवेशनले मुलुकमा हाल देखिएका चुनौतीलाई समाधान गर्ने बाटो पहिल्याउने नेता देउवाले बताउनुभयो ।
संविधान जारी भएपछि काँग्रेसका संस्थापक तथा अग्रज नेताले झन्डै सात दशकअघि देखेको सपना पूरा भएको बताउँदै उहाँले तराई–मधेसमा उत्पन्न समस्यालाई सम्बोधन गर्न प्रदेश सीमाङ्कनलाई मिलाउनुपर्ने आवश्यकता रहेकामा जोड दिनुभयो । विनाशकारी भूकम्पपछिको पुनःनिर्माण समयमै हुन नसक्दा सर्वसाधारण जनताले अझै पनि दुःखकष्ट भोग्नु परेको बताउँदै नेता देउवाले यस चुनौतीको सामाना गर्न काँग्रेस तयार रहेको उल्लेख गर्नुभयो । महाधिवेशनले मुलुकका सबै चुनौतीका बारेमा छलफल गरी मार्गदर्शन गर्ने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया