Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलले मुलुक परिवर्तन गर्न काँग्रेस आफैमा पनि परिवर्तन हुनुपर्ने बताउनुभएको छ ।
काँग्रेसको १३ औं महाधिवेशनको उद्घाटन सत्रलाई खुलामञ्चमा सम्बोधन गर्दै उहाँले देशलाई परिवर्तन गर्न, बचाउन र समृद्ध बनाउन काँग्रेस आफैँ परिवर्तन हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले काँग्रेसमा नेता कार्यकर्ताको उचित मूल्याङ्कनको हुन आवश्यक रहेकामा जोड दिँदै भागबन्डाका आधारमा होइन कामका आधारमा मूल्याङ्कन हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो राजनीति राष्ट्रको सेवाका लागि हो ।”
काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद नै पार्टीको प्रमुख साङ्गठनिक आधार भएको बताउँदै उहाँले नयाँ संविधानले लोकतान्त्रिक समाजवादलाई चरितार्थ गर्न खोजेको बताउनुभयो । नयाँ संविधान समाजवाद र लोकतन्त्रको ‘फ्युजन’का रुपमा आएको बताउँदै उहाँले भन्नुभयो, “यसले सबै विचारलाई समेटेको छ ।”
महाधिवेशनले काँग्रेसको भावी कार्यदिशा, चिन्तन र मुलुकको समस्या समाधानका लागि मार्गनिर्देशन गर्ने बताउँदै कावा सभापति पौडेलले संविधानको प्रभावकारी कार्यान्वयन गर्न पनि प्रजातान्त्रिक समाजवाद नै आवश्यक पर्ने जिकिर गर्नुभयो । “बिपीले झन्डै सात दशकअघि संविधानसभाबाट संविधान जारी गर्ने देखेको सपना आज काँग्रेसकै नेतृत्वमा पूरा भएको छ, यसको कार्यान्वयनमा पनि काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ” उहाँले भन्नुभयो ।
तराईका जायज विषयलाई सम्बोधन गर्न काँग्रेस गम्भीर हुनाका साथै नेतृत्वदायी पहल गरेको अवगत गराउँदै उहाँले संविधानमा भएका असन्तुष्टि सच्याउन पार्टी तयार रहेको उद्घोष गर्नुभयो । सधैँ राजनीतिमा मात्र नरुमलिई आर्थिक क्रान्तिमा जानुपर्ने बताउँदै नेता पौडेलले भन्नुभयो, “संविधानले व्यवस्था गरेका समावेशी अधिकारलाई व्यवहारमा लागू गर्न, शान्ति, विकास र राजनीतिक स्थिरतालाई कायम गर्ने बारेमा महाधिवेशनमा बृहत् छलफल हुनेछ ।”
नेपालमा राजनीति र राजनीतिकर्मी आलोचित हुने गरेको बताउँदै उहाँले यसलाई शुद्धीकरण र सम्मानित बनाउनुपर्ने बेला आएको सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया