Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

IMG_4314

काठमाडौं – ‘सुशीलको नेतृत्वमा बनाऔँ संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपाली काँग्रेसको ऐतिहासिक १३औं महाधिवेशन काठमाडौँमा सुरु भएको छ ।
करिब एक वर्ष ६ महिना ढिलो गरी सबैभन्दा पुरानो पार्टी काँग्रेसको महाधिवेशन सुरु भएको हो । १२औं महाधिवेशन पनि काठमाडौँमा नै २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौँमा नै सम्पन्न भएको थियो । खुल्लामञ्चमा आयोजित भव्य समारोहबीच नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले पानसमा दीप प्रज्वलन गरी महाधिवेशनको समुद्घाटन गर्नुभयो । आफ्नो सभापतिले नै पार्टीको महाधिवेशनको उद्घाटन गर्ने परम्परा कबाभ्रेसमा रहिआएको छ ।
उद्घाटनअघि नेपाल सांस्कृतिक सङ्घका कलाकारले विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए । चार दिनसम्म चल्ने महाधिवेशनले सभापति, महामन्त्री, कोषाध्यक्ष र समानुपातिक, समावेशी प्रतिनिधित्वसहितका ६४ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ । नयाँ नेतृत्वका लागि आजदेखि नै मनोनयन सुरु भएको छ । काँग्रेसको विधानअनुसार बाँकी सदस्य मनोनयन प्रक्रियाद्वारा पूर्णता दिई ८५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।
महाधिवेशनका लागि देशभरका २४० निर्वाचन क्षेत्रबाट दुई हजार ८८०, विदेशस्थित १७ जनसम्पर्क समितिबाट १२६ जना, १७ भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ जना र वर्तमान केन्द्रीय कार्यसमितिका ८४ सदस्य गरी जम्मा तीन हजार १८८ महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ ।
महाधिवेशन सुरु हुनुअघि काँग्रेसले राजधानीका विभिन्न स्थानबाट आयोजना गरेको सांस्कृतिक, झाँकीसहितको ¥याली खुल्लामञ्च प्रवेश गरेको थियो । महाधिवेशनका लागि खुल्लामञ्चलाई विशेष रुपमा सिङ्गारिएको छ । राजधानीका प्रमुख सडक, गल्ली र चोकमा काँग्रेसको चारतारे झन्डाले राजधानी रङ्गिएको छ ।
महाधिवेशनको बन्दसत्र हुने स्थान भृकुटीमण्डपमा प्रवेश गर्ने दुबैतर्फबाट विशेष स्वागतद्वार निर्माण गरिएको छ । खुल्लामञ्च परिसर र आसपासका सडकमा संस्थापक नेताहरु बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र पूर्वसभापतिहरु गिरिजाप्रसाद कोइराला एवम् सुशील कोइरालाको चित्र अङ्कित फ्लेक्स ब्यानरले झकिझकाउ पारिएको छ । मञ्चमा टाढाबाट हेर्न र सुन्नका लागि ठूला एलइडी पर्दा तथा गुणस्तरीय माइकको व्यवस्था गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक नवीन्द्रराज जोशीले जानकारी दिनुभयो ।

g]sfsf] !#cf}F dxflwj]zg pb3f6g …;'zLnsf] g]t[Tjdf agfcf}F ;+ljwfg, ;d[4 /fi6« lgdf{0f ca xfd|f] cleofgÚ eGg] d"n gf/fsf ;fy g]kfnL sfFu|];sf] P]ltxfl;s !#cfF} dxflwj]zg sf7df8f}Fdf laxLaf/ v'Nnfd~rdf cfof]lht eJo ;df/f]xaLr g]kfnL sfFu|];sf sfo{jfxs ;efklt /fdrGb| kf}8]nn] kfg;df bLk k|Hjng u/L dxflwj]zgsf] ;d'b3f6g ug'{xF'b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

IMG_2424
IMG_4286IMG_4300IMG_4315

IMG_4287

IMG_4292

IMG_4306

IMG_4299

IMG_4321

तपाईको प्रतिक्रिया