Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

टोकियो– हाँस्यप्रधान चलचित्र ‘वडा नम्बर ६’ जापानमा रिलिज गरिने भएको छ । अनाथ वालवालिकाको अध्ययनमा सहयोग गर्ने उद्देश्यले चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

यहि फेब्रुअरी १४ मा मेगुरोस्थित मेगुरो कुमिन सेन्टरमा सफल चलचित्र वडा न ६ प्रदर्शन  हुन लागेको हो ।

जापान मनि एक्सप्रेस (जेएमइ) को मुख्य प्रायोजन, एनआरएन जापानका सदस्य हरिचन्द्र लामाको समन्वय तथा निक्को जापानी ल्याङ्ग्वेज स्कुलको प्रायोजनमा हुन लागेको चलचित्र प्रदर्शनबाट संकलित रकम अनाथ वालवालिकाको शिक्षामा सहयोग र एनआरएन जापानले शुरू गरेको परोपकारी राहतकोष बिस्तार अभियानमा प्रयोग गरिने बताइएको छ ।

चलचित्र हेर्न जाने दर्शकहरुले अनाथ र आपतकालिन कोषको सहयोगको लागि २५ सय येन सहयोग तोकिएको एनआरएन जापानका सदस्य लामाले समुद्रपारिलाई जानकारी दिनुभयो ।

यस चिलचित्र गत असोज १ गतेबाट नेपालमा प्रदर्शन भएको थियो । चलचित्र दीपकराज गिरी, दिपाश्री निरौला तथा निर्मल शर्माले संयुक्त रुपमा बनाएका हुन । चलचित्रको निर्देशन उज्वल घिमिरेले गरेका हुन् भने चलचित्रमा दीपकराज गिरी, दयाहाङ राई, प्रियंका कार्की, जीतु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, विल्सन विक्रम राई, सन्दिप क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया