Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो – गायक रामकृष्णबम मल्लको राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरुको संगालो ‘देशका सिपाही’ मंगलवार टोकियोमा विमोचन भएको छ ।

गायक मल्लको स्वरमा सजिएका आधा दर्जन देशभक्ती गीतहरुको म्युजिक भिडियोको एक समारोहकाबिच विमोचन भएको हो ।
IMG_2544नेपाल पत्रकार महासंघ जापानद्वारा आयोजित विमोचन समारोहमा प्रमुख अतिथि जापानका लागि कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी, बिशेष अतिथि एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्ट, अतिथिहरुद्वय एनआरएन जापानका अध्यक्ष सुदन थापा, नमस्ते ब्याण्डका संयोजक समेत रहेका वरिष्ठ गायक ईश्वर गुरुङ र महासंघका अध्यक्ष एवं कार्यक्रमका सभापति तिलक मल्लले संयुक्तरुपमा विमोचन गरेका थिए ।

म्युजिक भिडियोमा देशका सिपाही, बिनायो रुदैंछ, नेपाली हो जात मेरो, नछोड नेपाललाई, चन्द्रसूर्य र हामी नेपाली गरी ६ वटा गीतहरु समाविष्ट छन् ।
बिकास पुन, एकनारायण भण्डारी, राजकुमार बगर, लक्ष्मण कार्की, कृष्ण केसीको शब्द रहेको देशका सिपाहीलाई आरएस डिजिटलले बजारमा ल्याएको हो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै कार्यबाहक राजदूत राजभण्डारीले ’देशको सिपाही’मा जन्मभूमिको महत्व र बिदेशमा बस्ने नेपालीहरुलाई जन्मभूमिप्रतिको कर्त्तब्यबारे सजग गराउन खोजिएको बताए । उनले देशका सिपाहीले नेपाली सँस्कृतिको संबर्द्धनमा समेत यथेष्ट योगदान पुर्‍याउन सक्ने विचार ब्यक्त गर्दै गायक मल्लको आगामी साँगीतिक यात्राको थप प्रगतिको कामना गरे ।

बिशेष अतिथि भवन भट्टले देशको सिपाहीमा गायक मल्लले स्वदेश वा बिदेश जहाँ रहेपनि एउटा नागरिकमा हुनुपर्ने मुलुकप्रतिको जिम्मेवारीलाई उजागर गरेर सह्रानीय कार्य गरेको बताए । उनले भने – जापानमै रहेका गायक तथा सर्जकद्वारा तयार गरिएको सिर्जना देशका सिपाही जापानबासी नेपालीहरुको साझा सम्पत्ति हो । यसले नेपाललाई सँधै छातीमा राख्न प्रेरित गर्ने छ ।’

विमोचन समारोहमा बोल्ने अन्य वक्ताहरुले जापानमै रहेका गायकको जापानमै छायाङ्कन गरिएको सिर्जना पहिलोचोटी टोकियोमा विमोचन भएको बिचार ब्यक्त गर्दै सह्रानीय कार्यको थालनी भएको बताए ।

शुभकामना मन्तब्य दिने वक्ताहरुमा एनआरएन जापानका अध्यक्ष सुदन थापा, वरिष्ठ गायक एवं नमस्ते ब्याण्डका संयोजक ईश्वर गुरुङ, एनआरएन आईसीसीका सदस्य भूषण घिमिरे, आयोजक संस्था पत्रकार महासंघ जापानका सल्लाहकार बेलु थापा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका महासचिव दिप पाठक. नेपाली साझा सामाजका पूर्व अध्यक्ष राजकुमार लामिछाने लगायतका रहेका थिए ।

हामी पनि देशका सिपाही बिना बर्दीको, मनमा माया हुनुपर्छ देश अनि धर्तीको, कसलाई भन्छौ तराईबासी, कसलाई भन्छौ हिमाली, जो जहाँ बसेपनि हामी सबै नेपाली, सहन्न म कोहीले शिरको टोपी खोस्न खोजे, छाड्दिन म कोहीले घरमा आगो झोस्न खोजे, नेपाली हो जात मेरो, नेपाल हो घर, घर जोगाउन छैन मलाई मर्न कुनै डर, किन होला आज भोलि गाउँजस्तो गाउँ छैन, मायालुलाई भेट्नलाई रोधी बस्ने ठाउँ छैन जस्ता अति मर्मस्पर्शी राष्ट्रभाव बोकेका शब्दरचनाहरुमा सिंगारिएका श्रब्यदृश्य सामाग्री ’देशका सिपाही’ को कार्यक्रममा प्रदर्शन पनि गरिएको थियो ।

विमोचन समारोहमा भावुक मुद्रामा बोल्दै गायक मल्लले देशको सिपाही निर्माणमा सहयोग गर्ने थुप्रै सहयोगी मनहरुलाई मुक्तकण्ठले धन्यबाद ब्यक्त गरे । उनले भने – प्रवासको कठिन परिवेशमा साँगीतिक यात्रालाई निरन्तरता प्रदान गर्न त्यति सहज छैन, यद्यपि लामो समयदेखि राष्ट्रप्रेमको भाव बोकेको एउटा फरक सिर्जना बजारमा ल्याउने सपना आज पुरा भएको छ । यस कार्यमा सहयोग गर्ने सबैप्रति ऋणी छु ।’

मल्लका ‘नाका लगायौ’ ‘औंठी साटेको’, ‘मायाको बारीमा’, ‘बस प्यारी धन कमाई ल्याउँला’, ‘मायाले बाटो नबारे’, ‘पिपलुलाई बर छ’ लगायतका करिव दर्जनजति गीति एल्बम यस अघि नै बजारमा आईसकेका छन् । बागलुङको गल्कोटमा जन्मेका गायक मल्ल विद्यार्थी जीवनदेखि नै अनवरतरुपमा गीत र संगीतको साधनामा लागिपर्दै आएका छन् ।

श्रीकृष्णबम मल्लको एकल संगीत रहेको देशको सिपाहीको छायाङ्कन बस्नेत फिल्मस् जापानले गरेको हो भने यसको निमात्री गंगा मल्ल रहेकी छिन् ।
प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरी उदघाटित राष्ट्रिय गानबाट थालनी भएको बिमोचन समारोहमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष समेत रहेका आयोजक संस्था पत्रकार महासंघ जापानका उपाध्यक्ष प्रकाश पौडेल ’माइला’ को स्वागत मन्तब्य रहेको थियो ।

कार्यक्रमको अन्तमा समारोहका सभापति तिलक मल्लले देशको सिपाहीले प्रवास र घरबासलाई पुल बनेर जोड्न खोजेको बताए । उनले देशको सिपाहीमा सशक्त शब्द संयोजन, उत्कृष्ट संगीत र गायकको सुमधुर स्वरमा मनग्गे राष्ट्रभाव छचल्किएको बताए । श्रब्यदृश्यमा देखिएका पात्रहरु र परिवेशले जापानको नेपाली समुदायलाई थप एकताबद्ध बनाउन मद्दत पुग्ने विचार ब्यक्त गरे । उनले भने – देशको सिपाहीले उजागर हुन नसकेका जापानका नयाँ प्रतिभालाई प्रोत्साहित गर्ने छ भने मायाप्रेमको शब्दजालको मात्र वरिपरि झुम्मिने संगीत बजारमा गायक मल्लले नयाँ धारको प्रयोग गरेर माटोको माया गर्न आह्वान गरेका छन् ।’

टोकियोको शिनओकुबोस्थित नेपाली मुरा सोलमारीको सभाकक्षमा भएको बिमोचन समारोहमा देशका सिपाहीलाई प्रायोजन गरेर सहयोग गर्ने ब्यवसायीहरुलाई सम्मान गर्दै मायाको चिनो देशको सिपाही प्रदान गरिएको थियो ।****


हेर्नुहोस् भिडियोहरु

तपाईको प्रतिक्रिया