Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

टोकियो – ६ बुँदे घोषणा पत्र जारी गर्दै दुई दिवसीय चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन टोकियोमा आइतवार सम्पन्न भएको छ ।

दोस्रो दिन भएको साहित्य सम्मेलनमा डायस्पोरिक साहित्यको बिश्वब्यापीकरण, नेपाली साहित्यको उत्थानका लागि अनेसासको आगामी दिशालगायतका बिषयमा अन्तरक्रिया भएको थियो भने ‘जापानमा नेपाली साहित्यको बिकासक्रम’ का बारेमा पत्रकार तिलक मल्ले एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि अनेसास जापानका पूर्व अध्यक्ष दिनेशराज ज्ञवालीले टिप्पणी गर्नुभएको थियो भने केही अन्य सहभागीहरुले जिज्ञासा राख्नुभएको थियो ।
सम्मेलनको अन्तर्क्रिया सेसनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेल, अनेसासका केन्द्रिय अध्यक्ष पदम बिश्वकर्मा, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, उपाध्यक्षहरु भीमसेन सापकोटा, सुमलकुमार गुरुङ, राधेश्याम लेकाली, प्रकाश पौडेल ‘माइला’ लगायतका साहित्यकारहरुले नेपाली भाषा र साहित्यको श्रीबृद्धिका लागि चालिनुपर्ने भावी आयामहरुका बारेमा बोल्नुभएको थियो ।

सम्मेलनको दोस्रो दिन पनि कविगोष्ठी सेसनमा जापान लगायत बिभिन्न मुलुकहरुबाट सहभागी साहित्यिक स्रष्टाहरुले आ-आफ्ना सिर्जना वाचन गर्नुभएको थियो । कविगोष्ठी सेसनका सञ्चालकद्वय दिपेन्द्र पाठक (जापान) र भीमसेन सापकोटा (अष्ट्रेलिया) को साहित्यिक शैलीमा गरिएको कलात्मक उदघोषणलाई धेरैले सह्राना गरेका थिए ।

अनेसासका केन्द्रिय अध्यक्ष बिश्वकर्माको सभापतित्वमा भएको साहित्य सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले डायस्पोरामा रहेका साहित्यिक गतिबिधिलाई थप प्रभावकारी र उन्नत बनाउन अनेसासको भूमिका महत्वपूर्ण रहेको बिचार ब्यक्त गर्नुभयो । समापन समारोहमा कुलपति उप्रेती, प्रा. डा. लुइटेल, अनेसास उपाध्यक्ष लेकालीलगायतले पनि बोल्नुभएको थियो ।
समापन समारोहमा बोल्दै अनेसासका केन्द्रिय उपाध्यक्ष समेत रहनुभएका चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनका संयोजक प्रकाश पौडेल ‘माइला’ ले सम्मेलन सफल पार्न बिभिन्न मुलुकबाट आउनुभएका सबै सहभागी, प्रायोजक, मिडियाकर्मी तथा जापानबासी नेपालीहरुमा धन्यबाद ब्यक्त गर्नुभयो ।

दुई दिनसम्म चलेको साहित्य सम्मेलनको निचोडकारुपमा तयार पारिएको ६ बूँदे घोषणापत्र अनेसास जापानका पूर्व अध्यक्ष ज्ञवालीले पढेर सुनाउनुभएको थियो ।

सम्मेलनमा अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत, भुटान, भारत, नेपाल लगायतका मुलुकहरुबाट साहित्यकारहरुको उत्साहजनक सहभागिता र सक्रियता रहेको थियो । अनेसास जापानका अध्यक्ष आलोक चालिसेले सञ्चालन गर्नुभएको समापन समारोहलाई समापन गर्दै केन्द्रिय अध्यक्ष बिश्वकर्माले आगामी बर्षअनेसासको पच्चिसौं रजत जयन्ती अमेरिकामा गरिने र त्यो भन्दा अगाडि अन्तर्राष्ट्रिय नेपाली साहित्यको महिला सम्मेलन अष्ट्रेलियामा गरिने घोषणा गर्नुभयो । उहाँले जापानको टोकियो महानगरिमा भएको सम्मेलनमा जापानले देखाएको आतिथ्यता र सामिप्यता अविस्मरणीय रहेको बताउनुभयो । अनेसास जापानले आयोजना गर्ने अवसर पाएको चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको औपचारिक कार्यक्रम समापन गरिए पनि अन्य अनौपचारिक कार्यक्रम जारी रहेको संयोजक माइलाले समुद्रपारिलाई बताउनुभयो । जसअनुसार मंगलवार र बुधबार नागानोको तातेसिनासम्मको साहित्यिक भ्रमण, हाइकु गोष्ठी, साहित्यिक मनोरञ्जन जस्ता कार्यक्रमहरु तय गरिएको छ ।
1 2 3 4 5

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया