Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

टोकियो– जापानको टोकियोमा चौथौ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा साहित्य सम्मेलन सुरु भएको हो ।

सम्मेलनमा कुलपति उप्रेतीसँगै त्रिभुवन विश्वविद्यालयका नेपाली भाषा विभागका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेल, अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा, अनेसास संस्थापक होमनाथ सुवेदीलगायतको उपस्थिति छ ।

सम्मेलनमा नेपालबाट रामचन्द्र अधिकारी ‘झरिकान्छो’, भारतबाट विन्दिया सुब्बा र पूर्णकुमार राई, अष्ट्रेलियाबाट भीमसेन सापकोटा, गणेश घिमिरे, राजेश बुढाथोकी, रिपेश गुप्ता, भुटानबाट छत्रपति फुँयालको पनि उपस्थिति छ ।

सम्मेलनको पहिलो दिनमा हुने समुदघाटन समारोहमा अनेसास जापानको मुखपत्र ‘साकुरा फुल्दा’ भाग तीनको विमोचन, स्रष्टा सम्मान, कवि गोष्ठि, साहित्यिक अन्तर्क्रिया, आजीवन सदस्यता वितरण गरिने छ ।

दोस्रो दिन ‘डायस्पोरामा नेपाली साहित्य’ बारे डा. खगेन्द्रप्रसाद लुइँटेलले र ‘जापानमा नेपाली साहित्यको विकासक्रम’ बारे पत्रकार तिलक मल्लले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । यसका साथै डायस्पोरामा नेपाली साहित्यको विकास र बिस्तारका विविध आयामहरु बारे खुल्ला अन्तर्क्रिया गरिनुका साथै संक्षिप्त साँगीतिक कार्यक्रम पनि हुने छ ।

पहिलो दिनको कार्यक्रम इकेगामी खाइकान इकेगामीमा र दोश्रो दिनको कार्यक्रम ओमोरीस्थित सेइयूको पाँचौ तलामा रहेको हलमा हुने बताइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया