Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

साहित्यिक मेलामा सहभागि भईदिन जापानको नेपाली समुदायमा अपिल 

INLS Japan Logo Small Sizeटोकियो – भोलि शनिवार र पर्सी आइतवार टोकियोमा हुन गईरहेको चौथौ अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा प्रमुख अतिथिकारुपमा भाग लिन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायतका साहित्यकार तथा प्राज्ञहरु आजै टोकियो आईपुग्नुभएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कुलपति उप्रेतीसंगै त्रिभुवन विश्वविद्यालयका नेपाली भाषा बिभागका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेल, अनेसासका केन्दिय अध्यक्ष पदम बिश्वकर्मा लगायतका साहित्यकारहरु आज टोकियो आउनुभएको हो । उहाँहरुलाई आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानका अध्यक्ष आलोक चालिसे, गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी लगायतले खादार्पण गरी स्वागत गर्नुभयो ।
अमेरिकाबाट श्रीमती चन्दादेवी सुबेदी, नेपालबाट रामचन्द्र अधिकारी ’झरिकान्छो’, भारतबाट बिन्दिया सुब्बा र पूर्णकुमार राई, अष्ट्रेलियाबाट भिमसेन सापकोटा, गणेश घिमिरे, राजेश बुढाथोकी, रिपेश गुप्ता, भुटानबाट छत्रपति फुँयाल हिजै टोकियो आईपुग्नुभएको छ । अनेसासका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार होमनाथ सुबेदी भने यसअघि नै अमेरिकाबाट जापान आईसक्नुभएको छ ।

सम्मेलनको पहिलो दिनमा हुने समुदघाटन समारोहमा अनेसास जापानको मुखपत्र ‘साकुरा फुल्दा’ भाग तीनको विमोचन, स्रष्टा सम्मान, कवि गोष्ठि, साहित्यिक अन्तर्क्रिया, आजीवन सदस्यता वितरण गरिने छ भने दोस्रो दिन ‘डायस्पोरामा नेपाली साहित्य’ बारे डा. खगेन्द्रप्रसाद लुइँटेलले र ‘जापानमा नेपाली साहित्यको बिकासक्रम’ बारे पत्रकार तिलक मल्लले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । यसका साथै डायस्पोरामा नेपाली साहित्यको बिकास र बिस्तारका विविध आयामहरु बारे खुल्ला अन्तर्क्रिया गरिनुका साथै संक्षिप्त साँगीतिक कार्यक्रम पनि हुने छ ।

भोलि हुने पहिलो दिनको कार्यक्रम ईकेगामी खाईकान ईकेगामीमा र दोश्रो दिनको कार्यक्रम ओमोरीस्थित सेइयूको पांचौ तलामा रहेको हलमा हुने बताईएको छ ।

सम्मेलनका लागि बिभिन्न मुलुकबाट जापान आएका साहित्यकारहरुको स्वागतमा आजै साँझ अनेसास जापानले रात्रीभोजको आयोजना गर्ने भएको छ ।

बिश्वभरिका साहित्यकारहरुको एकै ठाउँमा हुन गईरहेको साहित्यिक मेला आयोजना गर्ने अवसर यो वर्ष जापानले पाएको बताउँदै विरलै मुलुकहरुलाई प्राप्त हुने यस्तो अवसरमा सहभागि भई डायस्पोरिक नेपाली साहित्यको चर्चा परिचर्चा र विवेचना गरिने विराट साहित्यिक मेलामा सहभागि भई सम्मेलनको गरिमा बढाईदिन मुल आयोजक समितिका तर्फबाट संयोजक ‘माइला’ले जापानबासी नेपालीहरुमा अपिल गर्नुभएको छ । *******
INLS 3 INLS 2 INLS 1INLS 4INLS 5INLS 6सम्बन्धित अन्य समाचारहरु :
बिश्व सम्मेलनका लागि संसारभरिबाट साहित्यकारहरु जापानमा 
यसै साता जापानमा दुई दिवसीय बिश्व साहित्य सम्मेलन हुने

तपाईको प्रतिक्रिया