Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

साहित्यिक मेलामा सहभागि भईदिन जापानको नेपाली समुदायमा अपिल 

INLS Japan Logo Colourटोकियो – यहि १९ र २० तारिख जापानमा हुन गईरहेको चौथौ अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा भाग लिनका लागि संसारभरिबाट साहित्यकारहरु जापान आउने क्रम जारी छ ।  जसअनुसार अमेरिकाबाट श्रीमती चन्दादेवी सुबेदी, नेपालबाट रामचन्द्र अधिकारी ’झरिकान्छो’, भारतबाट बिन्दिया सुब्बा र पूर्णकुमार राई, अष्ट्रेलियाबाट भिमसेन सापकोटा, गणेश घिमिरे, राजेश बुढाथोकी र रिपेश गुप्ता, भुटानबाट छत्रपति फुयांल आजै टोकियो आईपुग्नुभएको छ ।

उहाँहरुलाई नारिता र हानेदा बिमानस्थलमा अनेसास जापानका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो ।

अनेसासका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार होमनाथ सुबेदी भने यसअघि नै अमेरिकाबाट जापान आईसक्नुभएको छ ।

यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतका बिशिष्ट अतिथिहरु भोलि नै टोकियो आईपुग्ने कार्यक्रम रहेको अनेसास जापान स्रोतले जनाएको छ ।
सम्मेलन यही शनिवार र आइतवार टोकियोमा हुन गईरहेको छ । आयोजक स्रोतका अनुसार सम्मेलनका लागि सबै तयारी पुरा भईसकेको छ ।

बिश्वभरिका साहित्यकारहरुको एकै ठाउँमा हुन गईरहेको साहित्यिक मेला आयोजना गर्ने अवसर यो वर्ष जापानले पाएको बताउँदै विरलै मुलुकहरुलाई प्राप्त हुने यस्तो अवसरमा सहभागि भई डायस्पोरिक नेपाली साहित्यको चर्चा परिचर्चा र विवेचना गरिने विराट साहित्यिक मेलामा सहभागि भई सम्मेलनको गरिमा बढाईदिन मुल आयोजक समितिका तर्फबाट संयोजक ‘माइला’ले जापानबासी नेपालीहरुमा अपिल गर्नुभएको छ । *******
INLS 4 INLS 1 INLS 2 INLS 3
INLS 5

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया