आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – बिभिन्न स्टेशनहरुमा सार्बजनिकरुपमा राहत उठाउने कार्य बन्द गरिएको घोषणा गरेलगत्तै भूकम्प पीडित राहत तथा सहयोग समितिले हालसम्म टोकियोका बिभिन्न स्टेशनहरुमा गरिएको सार्बजनिक अपिलबाट ७४ लाख ७१ हजार १ सय ४५ येन राहत कोषमा जम्मा भएको जनाएको छ ।

सहयोग समिति मातहतको स्वयमसेवक परिचालन उपसमितिको सक्रियतामा उक्त रकम जम्मा भएको हो । हिजो अन्तिम दिन आइतवार ७ लाख २३ हजार ७ सय २२ येन समेत गरी उक्त रकम जम्मा भएको सो उपसमितिका संयोजक शरदकुमार गौचनले समुद्रपारिलाई जानकारी दिनुभयो ।

बिभिन्न मितिमा, बिभिन्न संघसंस्था, ब्यक्ति तथा समिति र उपसमितिका स्वयमसेवकहरुको स्वतस्फुर्त सहभागिता र सक्रियतामा उक्त राहत रकम संकलन भएको हो ।
गत अप्रिल २८ देखि मे को १७ सम्म समयको अनुकुलता हेरी राहत संकलन जारी राखिएको थियो । कुन कुन मितिमा, कहाँ र कति रकम संकलन भएको भन्ने बारेमा समुद्रपारि डट कममा बिस्तृतमा हेर्न सकिने सो समितिले जनाएको छ ।****

तपाईको प्रतिक्रिया