आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – गृहमन्त्रालयका अनुसार भूकम्पमा परी ज्यान गुमाउनेहरुको संख्या ४३ सयभन्दा बढीको सनाखत भइसकेको छ । आज बिहान ८ बजेसम्मको तथ्याङक अनुसार ४ हजार ३ सय १० जनाको मृत्यु भएको छ ।

गोरखाको बारपाकलाई केन्द्र बनाएर आएको ७.९ रेक्टरको विनासकारी भूकम्प र पछिको अर्को भूकम्पले मध्यमाञ्चलका जिल्लामा बढी प्रभाव परेको छ । पुरिएका संरचनाबाट मान्छेहरुको खेजी भइरहेकाले मृत्यु हुनेहरुको संख्या बढ्ने देखिएको छ ।

अहिलेसम्म सिन्धुपाल्चोक र काठमाडौंमा सबैभन्दा बढीको ज्यान गएको छ । हजारौ मान्छे विनासकारी भूकम्पमा परेका छन् भने लाखौ विस्थापित भएका छन् । सरकारले आजदेखि राहत वितरणलाई प्रभावकारी बनाउने तयारी गरेको छ । हिजोसम्म सबैशक्ति उध्दारमा लगाएकाले आज उध्दार र राहत एकैपटक अगाडि बढाउने गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकार र सबै निजी क्षेत्रका हेलिकोप्टरलाई उध्दार र राहात वितरणमा परिचालन गरिएको छ । तर पीडितहरुले भने राहत पाउन नसकेको बताएका छन् । आजबाट सरकारले विजुली र खानेपानीको व्यवस्थापन पनि चुस्त राख्ने बताएको छ ।***

तपाईको प्रतिक्रिया