आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो –  निप्पोन एकेडेमी ग्रुपले नेपाली बिद्यार्थीको सक्रियतामा  नेपालप्रति आफ्नो पनि दायित्व सम्झदै हातमा हात मिलाउदै गुन्मा प्रिफेक्चरमा आज एक प्रेस भेटघाट कार्यक्रम भएको छ ।

गएको शनिवार देशभर गएको शक्तिशाली भुकम्पबाट भएको ठुलो संख्याको मानविय तथा भौतिक क्षतिप्रति दुख व्यक्त गर्दै मैनबत्ति बाली अहिलेको यो दुःखद विपत्ति सँग लड्न र धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस भनि कामना गर्दै मायावासी जापानमा रहेका नेपाली बिद्यार्थीहरुद्वारा राहत संकलन सुरु गर्ने घोषणा गरेको भोलिपल्ट आज उक्त कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा विनासकारी भूकम्पबाट पीडित भएकाहरुलाई राहत जुटाउने हेतुले ओमोइयारी फण्डको स्थापना गर्दै जापानमा रहनुभएका सम्पूर्ण सहयोगी मनहरुलाई सहयोगको लागि हात अघि बढाउन अपिल गरेको छ ।

सहयोगका लागि गुन्मा बैंकको おもいやりファンド को खाता नम्बर १००-२५४८७१० मा रकम जम्मा गर्न सकिने वा www.http://omofund.net मा गएर पनि सहयोग रकम जम्मा गर्न सकिने गरि web page को विकास गर्ने निर्णय गरेको छ |
त्यस कार्यक्रममा नेपाली बिद्यार्थीको प्रतिनिधित्व गर्दै सागर देवकोटा, मुस्कान राई तथा चम्पा राई सहभागी थिए भने निप्पोन एकेडेमी ग्रुपको तर्फबाट बिद्यालय प्रमुख सिमिजु मासुमि, सुजुकि योसियुकि, आसावा तोयामा र माचिदा सिजुरु सहभागि भएका थिए।

उक्त पत्रकार भेटघाटमा NHK TV,  GUNMA TV, ज्योउमोउ सिनबुन, आसाहि सिनबुन, माइनिचि सिनबुन, टोकियो सिनबुन, योमिउरी सिनबुन तथा एफएम गुन्मा लगायतका विभिन्न संचारमाध्यमहरुको पनि सहभागिता  रहेको थियो। ***

तपाईको प्रतिक्रिया