सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – एनआरएन जापानले एक समारोहको आयोजना गरी नयाँ वर्ष २०१४ को उपलक्ष्यमा शुभकामना आदान-प्रदान गर्नुकासाथै आइसीसीमा निर्वाचितहरुलाई हार्दिक बधाइ तथा शुभकामना ब्यक्त गरेको छ ।

गत अक्टोवरमा काठमाडौंमा भएको ग्लोबल सम्मेलनले एनआरएनको केन्द्रीय समितिका पदाधिकारी चयन गर्नेक्रममा भएको निर्वाचनमा जापानबाट प्रतिनिधित्व गर्दै भवन भट्ट उपाध्यक्षमा निर्वाचित हुनुभएको हो भने एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा रोविन्द श्रेष्ठ निर्वाचित हुनुभएको थियो ।

त्यसअघि एनसीसी जापानको निर्वाचनबाट निर्वाचितद्वय भूषण घिमिरे र ओम गुरुङ एनआरएनको केन्द्रिय समितिमा सदस्य हुनुहुन्छ । उपाध्यक्ष भट्ट, उपसंयोजक श्रेष्ठ, सदस्यद्वय घिमिरे र गुरुङलाई एनआरएन जापानले कार्यकाल सफलताको कामनाका साथ हार्दिक बधाई ज्ञापन गरेको हो ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि राजदूत डा. मदनकुमार भट्टराईले खादार्पण गरी शुभकामना तथा बधाइ ज्ञापन गर्नुभएको थियो । यसका साथै एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेलले पनि निर्वाचितहरुलाई खादार्पण गरी बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।

नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान-प्रदान गर्नुका साथै आईसीसीमा निर्वाचितहरुलाई बधाई ज्ञापन गर्न र शुभकामना ब्यक्त गर्न उक्त कार्यक्रमको आयोजना गरिएको बताउँदै एनआरएन जापानका उपाध्यक्ष सुदन थापाले स्वागत मन्तब्य दिनुभएको थियो भने अर्का उपाध्यक्ष नरबहादुर थापाले सँस्थाको तर्फदेखि नयाँ वर्षको शुभकामना दिनुका साथै निर्वाचितहरुप्रति हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत डा. भट्टराईले नयाँ वर्षको शुभकामना दिनुका साथै निर्वाचितहरुको कार्यकाल सफलताको कामनासहित बधाई ज्ञापन गर्नुभयो । सो अवसरमा आईसीसीमा निर्वाचित एनआरएनका केन्द्रिय उपाध्यक्ष भवन भट्ट, एशिया उपसंयोजक रोविन्द श्रेष्ठ, आईसीसी सदस्यद्वय भूषण घिमिरे र ओम गुरुङले एनआरएन अभियानका लागि आफुहरुले पाएको जिम्मेवारीलाई इमान्दारीकासाथ पुरा गर्न लागिपर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

सो अवसरमा आ-आफ़्नो संस्थाको तर्फबाट विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले नयाँ वर्षको शुभकामना र निर्वाचितहरुप्रति हार्दिक बधाई एवं शुभकामना ब्यक्त गरेका थिए । यसरी शुभकामना मन्तब्य दिनेहरुमा अनेसास जापानका तर्फबाट दिनेश ज्ञवाली, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन अधिकारी, गल्कोट समाजका कोषाध्यक्ष दिलु खत्री, एनआरएन जापानका पूर्व महासचिव जिज्ञान थापा, नेपाल आदिवासी जनजाति महासंघका सहअध्यक्ष पासाङ शेर्पा, एनआरएनका पूर्व अध्यक्ष रोशन केसी, नेपाली जनसम्पर्क समितिका संयोजक भूपिगोविन्द श्रेष्ठ, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष अरुणकुमार श्रेष्ठ, थकाली सेवा समितिका अध्यक्ष शरदकुमार गौचन हुनुहुन्थ्यो ।

यसैगरी अन्य शुभकामना मन्तब्य दिने वक्ताहरु नेकपा एमालेका युवा नेता सूर्य पाठक, एनआरएन आईसीसीका लागि जापानबाट महिला प्रतिनिधि अनिता गुरुङ, नारी कुञ्ज जापानकी अध्यक्ष छक्कू उदासी, एभरेष्ट इन्टरनेसनल स्कुलका अध्यक्ष डा. भूपालमान श्रेष्ठ, गुल्मेली समाजका अध्यक्ष यमलाल ढकाल, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्ल, एनआरएन हिरोसिमाका संयोजक मेघनाथ कँडेल, एशिया प्यासिफिकका पूर्व उपसंयोजक किरणविक्रम थापा, दूतावासका उपनियोग प्रमुख तापस अधिकारी, एनआरएन जापानका सँस्थापक अध्यक्ष राजन प्रधानाङ्ग लगायतका हुनुहुन्थ्यो ।

कार्यक्रममा टोकियो विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीद्वय दिनेश जोशी र शरद राईले ‘युमे नेपाल ट्रष्ट’ नामको एक शैक्षिक प्रोजेक्टका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको अन्तमा अर्का उपाध्यक्ष तुल्सीराम खरेलले कार्यक्रम सफल पार्न उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो भने समारोहका सभापति एवं संस्थाका अध्यक्ष पारसमणि पोखरेलले नयाँ वर्षको शुभकामना, निर्वाचितहरुप्रति हार्दिक बधाई मन्तब्यसहित भावी कार्ययोजनाका बारेमा प्रकाश पार्दै समारोहको बिर्सजन गर्नुभएको थियो । कार्यक्रम संस्थाका महासचिव मुक्तिराम खनाल ‘बिनोद’ ले गर्नुभएको थियो । ****khada

2 5 6 7 8 10bhushangovinda bhaban He mukti ram khanal Tapas 3 jana

 

 

तपाईको प्रतिक्रिया