गोरखा- गोरखामा एमाओवादीले बुथ कब्जा गरि चुनावमा धाँधली गरेको भन्दै नेपाली कांग्रेस र एमालेका उम्मेद्वारहरुले गोरखाका तीन वटै निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रको मतदान प्रक्रिया रद्द गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।
नेपाली कांग्रेसले क्षेत्र नं. १ का १४ र क्षेत्र नं. २ का ६ वटा केन्द्रको चुनाव रद्ध गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ ।
यस्तै एमालेले क्षेत्र नं. १ को १५, २ का २ वटा र ३ को ३ मतदान केन्द्रको चुनाव रद्द गर्न माग गरेको क्षेत्र नम्बर १ का उमेद्वार रामशरण बस्नेतले जानकारी दिनुभयो ।
एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराई चुनाव लडेको क्षेत्र नम्बर १ का मतदान केन्द्रहरुमा बढी उजुरी परेको छ ।