Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
 pasang_20120602120828काठमाडौं – एकीकृत नेकपा माओवादीका काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार नन्दकिशोर पुन ‘पासाङ’ले चुनिखेल गाविसका विभिन्न ठाउँमा घरदैलो गर्नुभएको छ ।
बिहीबार बिहान मतदाताको घरमा पुग्दा पासाङलाई मतदाताहरुले विजयको शुभकामना दिंदै फूलमालाले स्वागत गरेका थिए । बिहान सात बजे चुनिखेलको पानीपोखरीबाट सुरु भएको घरदैलो गुम्चा स्कूलसम्म पुगेको थियो ।
पासाङले अग्रगामी संविधान निर्माण र स्थिर सरकार निर्माणका लागि एकीकृत माओवादीलाई मतदान गर्न आग्रह गरेका थिए । उनले माओवादीले देशैभर जित्न लागको भन्दै काठमाडौं ४ मा आफ्नो जित सुनिश्चित भईसकेको बताए ।
मतदाताहरुले काठमाडौं ४ बाट पासाङको जितलाई कसैले रोक्न नसक्ने भन्दै आफूहरुले थप सहयोग गर्ने बताए । ‘तपाईंको जितलाई अब कसैले रोक्न नसक्ला’, एक मतदाताले भने, ‘माहौल तपाईंकै पक्षमा छ । हामी पनि तपार्इलाई सहयोग गर्छौ तपार्इजस्तो राष्ट्रभक्त मान्छेले जित्नैपर्छ । जवाफमा पासाङले धन्यवाद दिएका थिए ।
बिहानभर चुनिखेलमा घरदैलो गरेका पासाङले दिउँसो महाकांल गाविसका सुन्दरबस्तीमा घरदैलो गर्दैछन् । उनले तिहार अवधिभर पनि मतदाताको घरमा घरदैलो गरेका थिए ।***
तपाईको प्रतिक्रिया