Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
बेनी –  संविधान सभाको अर्को निर्वाचनको मिति आउन केवल १५ दिन मात्र वाँकी रहँदा म्याग्दीमा चुनावी तापक्रम ह्वात्तै वढेको छ । जनताको गाउँ घर, खेत, खलियान र मेलापातसम्म पुगेर उम्मेदवारहरुले भोट मागिरहेका छन् ।
गाउँघरमा धान भित्राउने चटारो भएका कारण जनता खेतमा व्यस्त छन् । तर, तिनै व्यस्त जनतासंग चुनाव प्रचार गर्न म्याग्दीका उम्मेदवारहरु पनि व्यस्त नै वनेका छन् । जनता सवै दलका उम्मेदवारहरुका कुरा सुन्छन् , सवैका कुरा उस्तै उस्तै लाग्छ  । सवैले नयाँ संविधानका कुरा गर्छन् । विकासका कुरा गर्छन् । संघीयता र शासकीय स्वरुपमा कुरा पनि गर्छन् । तर जनताले आधा वुझ्छन् , आधा चाँही वुझ्दै वुझ्दैनन् ।
तैपनि आफ्ना ढोका र खेतमा भोट माग्दै आएका उम्मेदवारहरुलाई उनीहरुले निरास वनाउँदैनन् । ‘हुन्छ, तपाईलाई नै भोट दिन्छौं भन्छन् र नेताहरुलाई विदा गर्छन् अनि आफ्नै काममा लाग्छन् ।’
कुनै राजनीतिक पार्टीका सक्रिय कार्यकर्ता नभएका, राजनीतिदेखि पर रहेका र आफ्नै सुकेधन्दा गरेर जीविकोपार्जन गर्दै आएका जनताको संख्या म्याग्दीमा उल्लेख्य छ । यिनै मतदाताहरुको मतवाट नै आफ्नो जीत निश्चित हुने कुरा उम्मेदवार र राजनीतिक दलहरुलाई राम्रैसंग थाहा छ । त्यसैले उनीहरु जनता फकाउने काममा व्यस्त छन् अहिले र जनताले आफूलाई भोट दिन्छौं भनेकै भरमा उनीहरुले चुनाव जित्ने घोषणा गर्ने गर्छन चुनावी आमभसाहरुमा ।
तर यथार्थता भने वेग्लै छ । जनताले कसलाई भोट दिने भन्ने कुराको डिसिजन अझै गरिसकेका छैनन् । ज्यामरुककोट वगरफाँटका नरवहादुर थापा भन्छन् ‘ पहिला धान परालको काम सकौं, अनिवल्ल कसलाई भोट दिने भनेर सोच्ने फुर्सद होला । तर, उम्मेदवारहरुले भने आफ्नो जीत निश्चित भइसकेको वताएका छन् । के भन्छन् त म्याग्दीका उम्मेदवारहरु:
 लोकेन्द्र विष्ट मगर, एकीकृत नेकपा माओवादी
 पहिचान सहितको संघीयता, संघीयतासहितको संविधान, संविधानसभाबाटै संविधान निर्माण प्रमुख एजेण्डा हो । मेरो जन्मथलो रुकुम भएपनि यसपटक म्याग्दीबाट उम्मेदवार भएको छु । चुनावी अभियान अन्र्तरगत ३२ गाविसमा पुग्दा स्थानियले विकास निर्माण, प्राकृतिक प्रकोपको नियन्त्रण लगाएत स्थानिय आवश्यकतामा सहयोगको अपेक्षा गर्नुभएको छ, त्यसलाई दस्तावेज बनाएर राखेको छु, आवश्यकता अनुसार सहयोगको प्रतिवद्धता समेत जनाएको छु ।
 पर्यटन, जलविद्युत र कृषिमा सम्भावना भएकाले लगानी भित्राउने वातावरण बनाउने प्रयास गर्ने छु । दुईपटक मन्त्री भएको ब्यक्ती उम्मेदवार भएर आउँदा जनतामा उत्साह छाएको छ । मगराँत राज्य समितिको ईन्चार्जको हैसियतले पनि जिल्लाबासीको सुखदुखमा साथ दिने छु । जिल्लामा पार्टी विभाजनको खासै प्रभाव परेको छैन । संङ्ठनमा नेकपा एमाले र विचारमा नेपाली काँग्रेस सँग प्रतिस्पर्धा हुन्छ ।
खम्बिर गबुर्जा, नेपाली काँग्रेस 
लोकतान्त्रिक संविधान निर्माणको एजेण्डा लिएर चुनावी प्रचारप्रसार अभियानमा छु । संविधान निर्माणसँगै जिल्लबासीको आधारभुत समस्यालाई समाधान गर्ने प्रतिवद्ध छु । प्रष्ट राजनीतिक विचार, बहुपहिचान सहितको सघिंयताको पक्षमा रहेका सबै जातजातिको उत्साहजनक सहभागिता रहेको छ ।
भौगलिक विकटताका कारण जिल्लाबासीलाई प्रशासनिक, विकास निर्माण, शिक्षा, स्वास्थ्य लगाएतका कामको सिलसिलामा सदरमुकाम आउँदा अलमलमा पर्ने समस्यालाई समाधान गर्न तिन जना कर्मचारी राखेर ३ सय ६५ दिन सञ्चालन हुने सम्पर्क कार्यालय स्थापना गरेर जनताको काममा सघाउने छु । अघिल्लो चुनावमा गाउँका मतदाता विस्थापित, माओबादीको आतंकबाट त्रसित भएकाले भोट हाल्न जान सकेका थिएनन् यसपटक वडास्तरसम्म संगठन विस्तार गरिनुका साथै अन्य पार्टीबाट प्रवेशको लहर समेत चलिरहेकाले विजय निश्चित छ । हाम्रो प्रतिस्पर्धा एमाले र माओवादी सँग नै हुन्छ ।
नवराज शर्मा, नेकपा एमाले 
पहिलो प्राथमिकता लोकतान्त्रिक संविधान निर्माण नै हो । देशको मुल कानुन निर्माणमा जनताले दिएको जिम्मेवारीलाई पुरा गर्ने छु । जिल्लामा अनेक समस्याहरू छन् । २०५४ सालमा जिविसको सभापति हुदाँ मेरो प्रयासमा सडक गुरूयोजना निर्माणसँगै विभिन्न योजनाहरू बनाएको थिए । सभापति हुदाँ छोडेका अपुरा कामलाई पुरा गर्ने स्थानिय घोषणापत्र समेत सार्वजनिक गरेकाले त्यहाँ उल्लेख गरिएका सबै योजनामा लगानी भित्राउने पुलको भूमिका निर्वाह गर्ने छु । हाम्रो संगठन बलियो छ । विगतका चुनावमा दरत्रास, धाँधलीका विचमा पनि १४ हजार मत ल्याएर दोस्रो स्थानमा आएका थियौ, अहिले त्यो सम्भव नभएकाले हाम्रो विजय निश्चित छ ।
भिमप्रसाद गौचन, राष्ट्रिय प्रजातन्त्र पार्टी
पञ्चायतकाल देखिनै जिल्लाको विकासमा प्रत्यक्ष सहभागिता जनाउँदै आएको छु । गाउँपञ्चबाट दुईपटक सम्म राज्यमन्त्री हुदाँ जिल्ला शिक्षा, स्वास्थ्य, खानेपानी, विकास निर्माणका लागि गरेको प्रयासलाई निरन्तरता दिनेछु । ४१ ओटै गाविसका बासिन्दालाई सहज हुने किसिमले सरकारी सेवालाई विकेन्द्रिकृत गर्ने, उच्च माविसम्म निशुल्क शिक्षा, रोजगारको ग्यारेन्टी, कृषिमा आत्मनिर्भर सँगै विद्युत उत्पादनको नाममा लाइसेन्स ओगटेकाबाट जफत गरेर लगानीमैत्री वातावरण बनाउने छु । विगतमा गरेको कामको मुल्याङ्कनका आधारमा जनताले मतदान गरेर विजय बनाउने छन् । मेरो राजनीतिक जिवनको अन्तिम चुनाव भएकाले पनि अन्य पार्टीका कार्यकर्ताको समेत साईलेन्स सर्पोट छ । सबै गाविसमा पार्टीको उपस्थिीति छ । हाम्रो चुनावी सभामा जनताको उत्साहजनक सहभागिता छ । प्रतिस्पर्धी दल नै देखेको छैन ।
तपाईको प्रतिक्रिया