Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
Prachandaगोरखा – एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले देश इतिहासको संगीन घडीमा आएको बताउँदै अबको नेपाल कस्तो बन्ने भन्ने नेपाली जनताको हातमा रहेको बताउनुभयो । गोरखाको आरुघाटको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो- भावी सन्ततीलाई कस्तो नेपाल दिने भनेर एकपटक गम्भीर बनेर सोच्नुपर्ने बेला भएको छ ।’ अध्यक्ष प्रचण्डले गोरखा जिल्लाले विगत महान् जनयुद्धकालदेखि नै इतिहासको कीर्तिमान खडा गरेकाले अबको नेपाल बनाउने जिम्मा पनि गोरखाली जनताकै हातमा रहेको बताउनुभयो । उहाँले पहिलो संविधानसभाको निर्वाचन लामो त्याग र बलिदानबाट प्राप्त भएको बताउँदै त्यसमा एमाओवादीको बहुमत जनताका एजेण्डाका कारणले आएको प्रस्ट्याउनु भयो । उहाँले भन्नुभयो- ‘हामी नेपाली जनताका जातीय, क्षेत्रीय, लैङ्गीक, मुद्दाहरुलाई सम्बोधन गरेका हुनाले जनताले हामीलाई जिताएका हुन् ।’
लोकतन्त्रमा विघठित संसद्ले चुनेको सरकारले नै अर्को चुनाव गराउने संसारभरको नियम भए पनि डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको निर्वाचित सरकारलाई आफूलाई लोकतन्त्रका ठेकेदार भन्नेहरुले चुनाव गर्न नदिएको उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले आफू देशको पूर्बदेखि पश्चिमसम्म चुनावी सभाहरुमा सहभागी बन्दा जनताको उत्साह देखेर एमाओवादी पक्षमा नै बहुमत आउने निश्चित भएको बताउनुभयो । उहाँले जनताको एमाओवादीप्रतिको लहर देखेर प्रतिक्रियावादी र उग्रवामपन्थीहरु अतालिएको बताउनुभयो ।
उहाँले भन्नुभयो- जहाँ गए पनि मलाई बन्दले स्वागत गर्ने गरेका छन्, रुख काट्ने वैद्य समूहहरुसँग काँग्रेस कार्यकर्ताहरु पनि सहभागी भइरहेका छन् । मार्क्स, ऐगेल्सहरुले घोर दक्षिणपन्थी र क्रान्तिकारी लफ्फाजीहरु अन्त्यमा एकै ठाउँमा आउँछन् भनेको हो रहेछ, अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले वैद्यहरुले गलत गरिरहेको र अन्त्यमा उनीहरु पछुताउने धारणा राख्नुभयो । उहाँले मार्क्सवादको चुरो कुरा जनता जे चाहन्छन् त्यही गर भन्ने भएकाले अहिले संविधानसभाको चुनाव चाहेको बताउनुभयो । उहाँले संविधानसभाको निर्वाचनको कुरा २००७ सालबाट सुरु भए पनि राजा र काँग्रेसले त्यसलाई त्यतिबेला तुहाएकोले २०५२ सालबाट जनताको महान् जनयुद्धबाट जोडतोडका साथ उठाईएको बताउनुभयो ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले आगामी ४० वर्षभित्र नेपाललाई संसारको सबैभन्दा धनी मुलुकका रुपमा विकास गर्न सकिने दावी गर्नुभएको छ । गोरखाको निर्वाचन क्षेत्र नं. ३ ले आरुघाट बजारमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै डा. भट्टराईले सो दावी गर्नुभएको हो ।
भट्टराईले एमाओवादीले संविधानसभाबाट ०४७ सालको जस्तो टालटुले संविधान बनाउन नचाहेको, सबै उत्पीडित जाति, भाषा, वर्ग, क्षेत्र, लिंग र समुदायको पहिचानसहितको संघीयता निर्माण गर्न चाहेको बताउनु भएको हो । उहाँले अरु दलले भनेजस्तो उत्पीडित जाति, वर्ग क्षेत्र र समुदायलाई अधिकार दिंदा राज्य नटुक्रिने, बरु अझ समृद्ध बन्ने दावी गर्नुभयो ।
एमाओवादीले ६/६ महिनामा सरकार परिवर्तन गर्ने परम्पराको अन्त्य गर्न आफ्नो पार्टीलाई स्पष्ट बहुमत दिन जनतासँग आग्रह गर्नुभयो । विगत २२ वर्षमा सरकार बन्ने र ढाल्ने खेलले २० वटा सरकार बनेको स्मरण गराउँदै अस्थिरताकै कारण मुलुक आर्थिक समृद्धिको बाटोमा जान नसकेको बताउनुभयो । अब मुलुकमा स्थिर सरकारको खाँचो रहेको, त्यही सरकारमार्फत मुलुकलाई समृद्ध बनाउन सकिने भन्दै भट्टराईले नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन एमाओवादी मात्रै सक्षम हुने दावी गर्नुभयो । उहाँले आर्थिक समृद्धिका लागि स्थिर सरकारको खाँचो औल्याउँदै यस्तो सरकारले मात्रै विकास निर्माण गर्न सक्ने र संविधान दिनसक्ने भएकाले एमाओवादीलाई दुइ तिहाई बहुमत दिन आम जनतासँग अपील गर्नुभयो ।
अर्को एक प्रसङ्गमा बरिष्ठ नेता भट्टराईले एमाओवादीको सरकार निर्माण भएपछि ६५ वर्षामाथिका सबैलाई बृद्धभत्ताको व्यवस्था गर्ने उल्लेख गर्नुभयो । बरिष्ठ नेता भट्टराईले कैयौं वर्ष देखि अन्य सरकारले गर्न नसकेको गोरखाको विकास एमाओवादी सरकारले छोटो समयमा गर्न सकेको उल्लेख गर्नुभयो । गोरखा निर्वाचन क्षेत्र नं. ३ द्वारा आयोजित जनसभामा भट्टराईले सो क्षेत्रका जनतालाई एमाओवादीका युवा उम्मेद्वार छमबहादुर गुरुङलाई अत्याधिक मतले विजयी गराउन आग्रह गर्नुभयो । कार्यक्रममा गोरखाका दुर्गम गाउँदेखि धादिङ जिल्लाका जनताहरुको पनि उपस्थिति रहेको थियो ।
अध्यक्ष प्रचण्ड आज शनिवार डोल्पा, दैलेख र सुर्खेत जाने कार्यक्रम तय भएको छ । निर्वाचन आयोगसंग अनुमति लिएर अध्यक्ष प्रचण्ड हेलिकोप्टरमार्फत ती जिल्ला जान लाग्नुभएको एमाओवादी कार्यालय सचिव प्रल्हाद बुढाथोकीले बताउनुभयो ।
कांग्रेस, एमालेका प्रमुख नेताहरु आफ्नो मात्रै निर्वाचन क्षेत्रमा केन्द्रित भइरहेका बेला एमाओवादी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरालगायतका नेताहरु देशव्यापी चुनावी अभियानमा सहभागी भइरहनु भएको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा. बाबुराम भट्टराईलगायतका नेताहरु जिल्ला जिल्लामा भएका कार्यक्रममा सहभागी भएपछि एमाओवादीको पक्षमा व्यापक जनउभार देखिएको छ सचिव प्रल्हाद बुढाथोकीले बताउनुभएको छ । ***
Rn-Gorkha-Prachanda-Baburam
तपाईको प्रतिक्रिया